धनुषा । गएराती भएको शक्तिशाली बम बिस्फोटमा प्रहरी निरीक्षकसहित ३ जनाको ज्यान गएको छ भने चार जना गम्भीर घाइते भएका छन् । क्षिरेश्वरनाथ नगरपालिका वडा नं ५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति राजेश साहको घरको गेटमा राखिएको बम विस्फोट हुँदा राजेश र उनका छोरा आनन्दको घटनास्थलमै मृत्यु भएको हो ।
विस्फोटमा परी घाईते भएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहालको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । विस्फोटमा परी प्रकाश, निक्कीकुमारी र भिखारी साह घाइते भएका छन् । प्रहरी जवान रिजनाथकुमार महतो घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि धरान लगिएको छ । खबर पाउनासाथ प्रहरी निरीक्षक दाहालको नेतृत्वमा गएको प्रहरी टोलीले गेटमा झुन्डिएको झोला बम हो वा होइन भनी अनुसन्धान गर्ने क्रममा बम विस्फोट भएको प्रहरीले बताएकाे छ । प्रहरीले घटनाको तिब्र रुपमा अनुसन्धान अघि बढाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चीन । चीनले सुरुङमा उद्धारको लागि मानवरहित आपतकालीन उद्धार प्रणाली विकास गरेको छ । चीनको एरोस्पेस साइन्स एण्ड इन्डस्ट्री कर्पोरेशनले स्वतन्त्र बौद्धिक सम्पत्ति अधिकारसहित सुरुङका लागि मानवरहित आपतकालीन उद्धार...
इजरायल । इजरायली सेनाले गाजामा गरेको पछिल्लो आक्रमणमा विद्रोही समूह हमासका वरिष्ठ कमाण्डर मारिएको जनाएको छ । अस्ति शनिवार इजरायली सेनाले गरेको हवाई आक्रमणमा हमासका वरिष्ठ कमाण्डर राफा सलामा...
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा गएको पहिरोले त्रिशूली नदीमा बस खस्दा बाँच्न सफल भएका तीन जनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । एक जनाको भरतपुर अस्पतालमा र...
किभ । सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा भेटवार्ता गरेका थिए । यस भेटघाटलाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निकै निराशाजनक बताएका छन् । यसलाई उनले...