भर्खरै : Sorry, your browser does not support inline SVG.
बेलायतको आर्थिक वृद्धिदर एक प्रतिशतले मात्र बढ्ने अनुमान | नयाँ सहमतिमा आउन गणतन्त्रवादीहरुलाई राजावालीहरुले एक हप्ताको अल्टिमेटम | यौनजन्य हिंसाबारे नजिकको प्रहरी कार्यालयमा उजुरी दिन नेपाल प्रहरीको सबैलाई आग्रह | भक्तपुरको प्रसिद्ध बिस्का जात्रा सभ्य, भव्य र शान्तिपूर्ण सञ्चालन गर्न सरोकारवालाहरुसँग बैठक | उत्तरी गोरखास्थित मनास्लु पदयात्रामा पथप्रदर्शकको मृत्यु | विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको विवाद, वर्खास्त र नवनियुक्त दुबै निर्देशक पुगे अदालत | कम्पनीले सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने | सहज रूपमा काम गर्ने वातावरण बनाउन आयोगसंग किसानको माग |

नक्सापासविना प्रधानमन्त्रीनिवास बन्दै

नक्सापासविना प्रधानमन्त्रीनिवास बन्दै image

काठमाडाै । नक्सापासविना बालुवाटारमा प्रधानमन्त्रीनिवास बन्दै छ । ४० करोड लगानीमा निर्माणहुने प्रधानमन्त्रीनिवासकाे २० प्रतिशत काम सकिएको छ । प्रधानमन्त्री स्वयंले शिलान्यास गरेको भन्दै नक्सापास नगरी काम धमाधम भइरहेको छ । प्रधानमन्त्रीनिवास भत्काएर नयाँ भवन बनाउन लागिएकाे हाे ।

नक्सापास नगरी ठेकेदारले तीव्र गतिमा काम धमाधम गरिरहेका छन् । भिभिआइपी संरचनाको नक्सापास र इआइए नभएको सहरी विकास तथा भवन निर्माण विभागले जनाएकाे छ । भवन ऐन, २०५५ को दफा ११ अनुसार भवन निर्माण गर्न चाहने व्यक्ति, संस्था वा सरकारी निकायले प्रचलित कानुनबमोजिम सम्बन्धित स्थानीय तहको अनुमति लिनुपर्छ ।

निर्माण पक्षले कानुनबमोजिमको दस्तुर तिर्नु पर्ने कानुनी व्यवस्था छ । तर, विभागले निर्माणाधीन भिभिआइपी भवनको नक्सापास र दस्तुर पनि नतिरेको निर्माण आयोजनाका प्रमुख प्रकृण तुलाधरले बताए ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda