दार्चुला । चिसोका कारण नेपालका बासिन्दा तल्लो भेगमा झरेपछि भारतले व्यास गाउँपालिका क्षेत्रमा पर्ने अन्तर्राष्ट्रिय सीमामा संरचना निर्माण गर्न थालेको छ । नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा पारेको भारतले नेपाली पक्षको उपस्थिति नभएको फाइदा उठाउँदै धमाधम संरचना निर्माण गरेको हो ।
भारतले सीमा नदी महाकाली किनारमा चट्टानी पहाड फोडेर बाटो बनाउन डोजर चलाएपछि ढुंगाले पुरिएर नदी प्रभावित भएको छ । नदीसंगै वारि नेपालतर्फका घोडेटो बाटोहरूसमेत नदीको कटानले भत्कन थालेका छन् । व्यास गाउँपालिका–१ पेल्सिती नजिकै महाकालीमा भारतले नेपालको अनुमतिबेगर काठेपुल बनाएको छ ।
चिसोका कारण यो समयमा व्यास गाउँपालिका–२ दुम्लिङभन्दा माथिको क्षेत्रमा नेपालीको बसोबास कमै हुन्छ। व्यासको छाङरुसम्मै आवतजावत गर्दै आएका नेपाली हिमपातपछि तल्लो भेगमा झरिसकेका छन् । जाडो बढेकाले त्यस क्षेत्रमा बसोबास गर्ने सबै तल भेगमा झरेको दुम्लिङका स्थानीयले बताए ।
दुई वर्षअघि पनि यस्तै मौकामा भारतले नेपालको उक्त क्षेत्रमा काठेपुल निर्माण गरेको थियो । अहिले पनि हिमपातकैमौका छोपेर भारतले काठेपुल बनाउनुका साथै नेपालको सुरक्षा उपस्थिति नदेखेपछि धमाधम विभिन्न संरचना बनाउन र सीमा अतिक्रमण गरिरहेको स्थानीयले बताएका छन् ।
हिमपात र चिसोका कारण व्यासमा सुरक्षा दिइरहेको नेपाल प्रहरी चिसो सहन नसकेर दुम्लिङ झरेको छ। त्यसपछि माथिल्लो क्षेत्रमा बाटो नहुँदा जान नसकिएको अस्थायी प्रहरी चौकी दुम्लिङका इन्चार्ज अमरसिंह कार्कीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । भिजिट भिसामा यूएई घुम्न लगेर नेपाली युवालाई रूसी सेनामा भर्ती गराउने गरेको पाइएको छ । नेपाली नागरिकलाई रुस लैजाने गिरोहका १२ जना पक्राउ परेका छन्। उनीहरुको प्रारम्भिक...
रुकुम । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर मृत्यु भएका रुकुमका सबै मृतकका परिवारले नगद राहत बुझेका छन् । गत कात्तिक २४ र २५ गते पहिलो चरणमा राहत रकम...
काठमाडौँ । विज्ञान प्रविधिसम्बन्धी विश्वस्तरको प्राज्ञिक संस्था ‘द वर्ल्ड एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी’ (ट्वास) को प्राज्ञ (फेलो) मा दक्षिण एसियाका तर्फबाट नेपालका रसायनशास्त्री प्रा.डा. हेमराज पन्त चयन हुनुभएको...
काभ्रे । चाडपर्वमा हुने सवारीसाधन दुर्घटनाको ख्याल गर्दै आज बिहानदेखि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले टिपर सञ्चालनमा रोक लगाएको छ । घटस्थापनाकै दिन पाँचखालमा टिपरको ठक्करबाट एकको ज्यान गएपछि बुधबार...