नेपाल प्रहरी सबै भन्दा सर्वोत्कृष्ट

नेपाल प्रहरी सबै भन्दा सर्वोत्कृष्ट image

काठमाण्डाैं ।  बेरुजु फर्छ्यौटमा नेपाल प्रहरीले सर्वोत्कृष्ट स्थान हासिल गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेतृत्वमा नेपाल प्रहरीले बेरुजु फर्छ्यौटमा सर्वोत्कृष्ट स्थान हासिल गरेको । प्रहरीले आर्थिक वर्ष २०७४ र ०७५ सम्मको बेरुजुलाई ८८.५० प्रतिशत फर्छ्यौट गरेको जनाएको छ । गृह मन्त्रालय र अन्तर्गतका निकायहरुमध्ये बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा नेपाल प्रहरी उत्कृष्ठ भएको गृहमन्त्रालयले विहिबार घाषणा गरेको हो ।

गृह मन्त्रालयले बिहीबार गरेको कार्यक्रममा गृहमन्त्री राम बहादुर थापा बादलले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई नेपाल प्रहरीले सर्वोत्कृष्ट स्थान हासिल गरेको भन्दै प्रशंशा समेत गर्नुभयो । उहाले नगद १० हजार रुपैयाँ पुरस्कार र प्रशंशापत्र समेत प्रदान गर्नुभयो ।

नेपाल प्रहरीले आगामी दिनमा समेत यसरी नै निर्दिष्ट लक्ष्य अनुसार बेरुजु फर्छ्यौट कार्यमा नेपाल प्रहरीको लगनशिलता एवं सक्रियताको अपेक्षा गरिएको प्रशंसापत्रमा उल्लेख गरिएको छ । बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा गत आ.व. मा समेत नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको थियो ।
प्रहरी प्रधान कार्यालय र अन्तर्गतका कार्यालयहरुको आ.व. २०७४ र ०७५ सम्मको बाँकी बेरुजु रकममध्ये ८८.५० प्रतिशत फर्छ्यौट गरी बेरुजु फछर्यौट मुल्याङ्कन तथा अनुगमन समितिको सिफारिस बमोजिम नेपाल सरकार मन्त्रीस्तरको निर्णय अनुसार बेरुजु फर्छ्यौटको प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान प्राप्त गर्न सफल भएको हो ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • रूकुममा मृतकका परिवारले बुझे नगद दुई लाखका दरले राहत image

    रूकुममा मृतकका परिवारले बुझे नगद दुई लाखका दरले राहत

    रुकुम । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर मृत्यु भएका रुकुमका सबै मृतकका परिवारले नगद राहत बुझेका छन् । गत कात्तिक २४ र २५ गते पहिलो चरणमा राहत रकम...

  • ‘द वर्ल्ड एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी’ मा डा.पन्त चयन image

    ‘द वर्ल्ड एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी’ मा डा.पन्त चयन

    काठमाडौँ । विज्ञान प्रविधिसम्बन्धी विश्वस्तरको प्राज्ञिक संस्था ‘द वर्ल्ड एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी’ (ट्वास) को प्राज्ञ (फेलो) मा दक्षिण एसियाका तर्फबाट नेपालका रसायनशास्त्री प्रा.डा.  हेमराज पन्त चयन हुनुभएको...

  • टिपर सञ्चालनमा रोक image

    टिपर सञ्चालनमा रोक

    काभ्रे । चाडपर्वमा हुने सवारीसाधन दुर्घटनाको ख्याल गर्दै आज बिहानदेखि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले टिपर सञ्चालनमा रोक लगाएको छ । घटस्थापनाकै दिन पाँचखालमा टिपरको ठक्करबाट एकको ज्यान गएपछि बुधबार...

  • मुक्तिनाथमा धार्मिक पर्यटक चहलपहल बढ्यो image

    मुक्तिनाथमा धार्मिक पर्यटक चहलपहल बढ्यो

    काठमाडाैं । हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथमा पर्यटकको चहलपहल बढ्न थालेको छ । भोलिदेखि सुरु हुने पितृपक्ष (सोह्रश्राद्ध) का लागि विभिन्न स्थानबाट आउने धार्मिक पर्यटकको चहलपहल बढेको हो । हिन्दू...

Prem Durbar Hotel and Nagarkot Zipline ResorthotelghyampedandaHotel City Gaon