२७ बैशाख काठमाडौं । भारतले नेपालको भूमि लिपुलेक अक्रिमण गरी लिपुलेक भन्ज्याङसम्म सडक निर्माण गरेको कार्यप्रति नेपाल मजदुर किसान पार्टीले विरोध एवं भर्त्सना गरेको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे (रोहित) अध्यक्षतामा बैशाख २७ गते बसेको सचिवालय बैठकले विरोध एंव्म भर्त्सना गर्दै प्रेस वक्तव्य जारी गरेको हो ।
बैशाख २६ गते भारतको पिथौरागढ जिल्लाको धार्चुलादेखि नेपालको भूमित लिपुलेक भन्ज्याङसम्म ८० किलोमिटर सडक भारतीय रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका हुन । भातले नेपाली भूमि गुुन्जी ,नाभीढाङ र लिपुलेक अतिक्रमण गरी सडक निर्माण गरेको कार्य नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गरेको नेपाल मजदुर किसान पार्टीले जनाएको छ ।
भारतले सन २०१९ नोभेम्बर २ मा नेपालको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतीय नक्सामा गाभेर नक्सा प्रकाशित गर्ने वित्तकै नेमकिपाले विरोध गेरेको प्रेस वक्तव्यमा उल्लेख गरेको छ । भारतले प्रकाशित गरेको नक्सा खारेजीका लागि काठमाडौंस्थित भारतीय दूताबासमार्फत प्रधानमन्त्री नरेन्द्र मोदीलाई विरोधपत्र समेत पठाएको स्मरण गरेको छ ।
सुगौली सन्धिमा पनि काली नदी पूर्वको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमी भनेर स्पष्ट छ भन्दै नेपाल मजदुर किसानपार्टीले विस्तारवादी हर्कतकाे विराेध गर्दै आएकाे छ । नेपाली भुभाग गुन्जी र कालापानीसम्म भारतले आफ्नो सेना तैनाथ गरेको प्रति नेपाली जनताले विरोध गर्दै आएको वक्तव्यमा उल्लेख गरेको छ ।
विस्तारवादी भारतले नेपाली भूमि लिपुलेक अतिक्रमण गरी धार्चुला–लिपुलेक भन्ज्याङ सडक सन २००८ देखि निर्माण सुरु गरी गत महिना सम्पन्न गर्दा समेत नेपाल सरकार चुिपलागि बसेकाे र कुनै चासो नदिनु निन्दनीय भएकाे नेमकिपाकाे ठहर छ ।
सरकारले आफ्नो भूमि रक्षा गर्न नसक्नु खेदजनक भएकाे जनाउदै नेपाल मजदुर किसान पार्टीले पूर्वप्रधानमन्त्रीहरु र गृहमन्त्रीहरुलाई जानकारी भएर पनि कानमा तेलहालेर बसेको जिकिर गरेकाे छ । भारताले नेपालका सबैजसो प्रधानमन्त्रीलाई सत्तामा राखी आफ्नाे पक्षमा काम गराउदै आएकाे बताएकाे छ । पटक–पटक नेपालकाे भूमि अतिक्रमण देखि नदी कब्जा र असमान सम्झौता गराउने गरेको विज्ञप्तीमा जनाएको छ ।
कस्काे पालामा के गरायाे ?
मातृकाप्रसाद कोइरालाको पालाका कोशी, विश्वेश्वरप्रसाद कोइरालाको पालामा गण्डकी, सूर्यबहादुर थापाको पालामा सुस्ता, गिरिजाप्रसाद कोइरालाको पालमा टनकपुर, शेरबहादुर देउवाको पालामा महाकाली, सुशील कोइरालाको पालामा अपर कर्णाली नदी भारतले कब्जा जमायाे ।
पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुदा सुरक्षा तथा विदेश मामिला भारतको जिम्मा रहने गरी, प्रम बाबुराम भट्टराईलाई त्रिभूवन अन्नराष्ट्रिय विमानस्थल लगायत १५ वटा विमानस्थलहरु र विपा सम्झौता तथा प्रम झलनाथ खनाललाई लगानी बोर्डमा सम्झौता गराएको समेत वक्तव्यमा उल्लेख गरेको छ ।
नेपाल मजदुर किसान पार्टीले अहिले केपी वलीको पालामा लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतले कब्जा गरेको आरोप समेत लगाएको छ । भारतीय सदासयतामै माधवकुमार नेपालले प्रमबाट राजीनामा गरी ६ महिना कामचलाउ सरकार चलाएकोसमेत उल्यख गरेको छ ।
नेपालकाे ७१ भन्दा बढी ठाउँमा सीमा अतिक्रमण गरी ६० हजार हेक्टरभन्दा बढी नेपाली भूमि
भारतले कब्जा गरेको छ । भारतले लिम्पियाधुरा,लिपुलेख र कालापानी आफ्नो नक्सामा गाभेको बेला नेपाल सरकारले कालापानी मात्र दाबी गरी कूटनीतिक नोट पठाएकोप्रति आक्रोषित हुदै लिपुलेख र लिम्पियाधुरासम्म सरकारले दाबी गर्न नसकेको जनाएको छ ।
गत कार्तिक महिनामा दार्चुलाको लिपुलेक क्षेत्रमा बोर्डर आउट पोष्ट स्थापना गर्ने निर्णय गरेपनि भारतको दबावका कारण हालसम्म पनि कार्यान्वयन गर्न नसकेको ठहर गरेकाे छ । नेपाल सरकार आफ्नो भूमि दाबी नगरी एउटा कूटनीतिक नोट मात्रै पठाएर बस्ने निरीह स्थितिमा किन ? भन्दै नेमकिपाले प्रश्न समेत तेर्साएकाे छ ।
नेपालको पूर्वी सीमा इलामको पशुपतिनगरदेखि दक्षिण सप्तरीको तिलाठी र लालपट्टी, पर्साको छपकैया, नवलपरासीको सुस्ता र पश्चिम टनकपुरसम्म भारतले नेपाली भूमि अतिक्रमण गरेकोप्रति नेपाल मजदुर किसान पार्टी सदा विरोध गरिरहने बताएको छ ।
भारत अतिक्रमित सम्पूर्ण नेपाली भूभाग फिर्ता गराउन र नेपाल–भारत सीमा नियमित गर्न नेपाल सरकारले अन्तर्राष्ट्रिय अदालतलगायत अन्य दबुहरुमा समेत अविलम्ब विषय पेस गर्न नेमकिपाले माग समेत गरेको विज्ञप्तिमा जनाएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । भिजिट भिसामा यूएई घुम्न लगेर नेपाली युवालाई रूसी सेनामा भर्ती गराउने गरेको पाइएको छ । नेपाली नागरिकलाई रुस लैजाने गिरोहका १२ जना पक्राउ परेका छन्। उनीहरुको प्रारम्भिक...
रुकुम । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर मृत्यु भएका रुकुमका सबै मृतकका परिवारले नगद राहत बुझेका छन् । गत कात्तिक २४ र २५ गते पहिलो चरणमा राहत रकम...
काठमाडौँ । विज्ञान प्रविधिसम्बन्धी विश्वस्तरको प्राज्ञिक संस्था ‘द वर्ल्ड एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी’ (ट्वास) को प्राज्ञ (फेलो) मा दक्षिण एसियाका तर्फबाट नेपालका रसायनशास्त्री प्रा.डा. हेमराज पन्त चयन हुनुभएको...
काभ्रे । चाडपर्वमा हुने सवारीसाधन दुर्घटनाको ख्याल गर्दै आज बिहानदेखि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले टिपर सञ्चालनमा रोक लगाएको छ । घटस्थापनाकै दिन पाँचखालमा टिपरको ठक्करबाट एकको ज्यान गएपछि बुधबार...