‘नो म्यान्स ल्यान्ड’ मिचेर पसल

‘नो म्यान्स ल्यान्ड’ मिचेर पसल image
Dasgaja

सर्लाही । भारतले सीमास्थित अधिकांश दसगजा क्षेत्र अतिक्रमण गरेको। सर्लाहीको ४६ किलोमिटर सीमा क्षेत्र छ। सीमा क्षेत्रको दसगजामा मानव बसोवास गर्न नमिल्ने अन्तर्राष्ट्रिय मान्यता छ। तर नेपाल–भारत सीमाको दसगजा क्षेत्रमा बजार र खेतीपाती भइरको छ। विष्णु गाउँपालिकाअन्तर्गत सिमरा फेनरा नाकामा त भारतीय नागरिकले दसगजाको बीचमा हुने पिलर नै नाघेर नेपालतर्फ पसल बनाएका छन्।

त्यस्तै बलरा नगरपालिका स्थित बसभिट्टा नाकामा पनि दसगजाको बीचमा हुने ठूलो पिलरसँगै टाँसिएर घरटहरा बनाएर दुवैतर्फका नागरिकले बसोबास एवं व्यापार व्यवसाय गरिरहेका छन्। अर्नाहा गाउँस्थित दसगजामा भने नेपाली नागरिकले खेतीपाती गरेका छन् । खेतीपातीका कारण सानाखाले पिलर नै छोपिएर देखिन छाडेका छन्। खोलाले छुट्याएको बाहेक स्थानमा दुवै देशतर्फका नागरिकले दसगजामा अतिक्रमण गरेका छन्।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.