पत्रकारले केक र भात खाएको मात्रै देखे: प्रम ओली

पत्रकारले केक र भात खाएको मात्रै देखे: प्रम ओली image

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले दुर्गमका जनताका पक्षमा गरेको काम नदेखेको तर आफुले केक काटेको र भात खाएको कुरा सञ्चारमाध्यमहरुले वारवार उठाईरहेको गुनासो गरेका छन् । नेकपा बाग्मती प्रदेशस्तरीय प्रशिक्षणलाई काठमाडौंमा सम्बोधन गर्दै ओलीले दुर्गममा खानेपानी, बिजुली, सडक र बैंक पुगेको नदेख्ने पत्रकारले ‘केक काटेको र भात खाएको हिसाब गरेर बसेको भन्दै पत्रकारको आलोचना गरे ।

पाँचथरको सुख्खाग्रस्त क्षेत्र यासोक र रानीमा घरघरमा धारा पुर्याएको खुशीयालीमा त्यहाँका जनता नाँचे, खुशीयालीमा रमाए, खाना खाए र उत्सव मनाए तर बिचरा पत्रकार धुरुधुरु रोए भन्दै प्रधानमन्त्री ओलीले विकास लिएर गाउँ पुग्दा जनता खुशी हुनु, नाँचगान गर्नु र बाजा बजाउनु कुनै अनौठो नभएको बताए ।

विरोध गर्ने विषय नपाएकाले आफ्नो जन्मोत्सव र केक काटेको विषयलाई मुद्दा बनाएको भन्दै ती विरोध गर्नेलाई ‘केक राष्ट्रवाद’ भएको संज्ञा दिए । उनले भने, ‘कतिवटा केक ल्याए मैले त त्यो पनि हेरिनँ, अण्डा र माछाका डाला ल्याए, छोइदिएँ, मेरो फोटो बनाएर ल्याउँछन्, काट्छन् । तर म त काटिएको छैन, केक पो काटिएको हो ।१’

आफु धन कमाउन नभई देश बनाउन हिँडेको मान्छे भन्दै प्रधानमन्त्री ओलीले आफु मरेपनि पछिल्ला पुस्ताले आफ्नो आदर्श बोकेर हिँड्ने जिकिर गरे

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.