भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

पदबाट हट्दा मन्त्री गिरीको पीडाः काम गर्न नपाइ मन्त्री पद गयो

पदबाट हट्दा मन्त्री गिरीको पीडाः काम गर्न नपाइ मन्त्री पद गयो

काठमाडौं । निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले दुखेसो पोखेका छन् । काम सुरु गर्ने बेलामा मन्त्री पदबाट हट्नु परेको पीडा सुनाउदै मन्त्री गिरीले ४२ दिन मन्त्री रहँदा मन्त्रालयको समस्या कसरी समाधान गर्ने भनेर अध्ययन मात्रै गर्न पाएको बताए ।

अब काम सुरु गरौं भन्ने बेलामा मन्त्रालयबाट बिदा लिनु परेको सुनाए । आफूले बेथिति कहाँ कहाँ छ भनेर अध्ययन गरेका स्पष्ट पारे । स्वास्थ्य मन्त्रालयमा धेरै जटिल समस्याहरु रहेको बताए ।

निवर्तमानमन्त्री गिरीले स्वास्थ्य विमा कार्यक्रमलाई पुनर्विचार गर्नुपर्ने आवश्यक्ता औंल्याए । त्यसका लागि बिमितलाई दिने रकम १ लाखबाट बढाएर ५ लाख पुर्याउनुपर्ने धारणा राखे ।

स्वास्थ्य सामग्रीहरुको दुरुपयोग हुन नदिने, सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि बजेटको व्यवस्था गर्ने, स्वास्थ्यकर्मीहरुको अभिलेखीकरण गर्ने, सबै प्रदेशमा विशिष्टीकृत खालको स्वास्थ्य सेवा उपलब्ध गराउने कामलाई प्राथमिकतामा खाख्न अनुरोध गरे ।

स्वास्थ्य क्षेत्रको सुधारमा योगदान पुर्याउन लाग्दा पदबाट हात धुन परेको पत्रकारहरुलाई सुनाए ।

 


Thali Mobile Pvt.Ltd.