काठमाडौं । सभामुख चयन, अमेरिकी नियोग मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)का विषयमा पार्टी नेताहरूकै बीचमा तीव्र ‘धु्रवीकरण’ भइरहेका बेला नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको असमझदारी बढ्दै गएको छ ।
सत्तारुढ दल नेकपामा यसरी असमझदारी बढ्दै गएपछि ओली प्रचण्डबीचको हिमचिम घट्दैै गएको छ । ६ माघसम्मका लागि संसद् बैठक स्थगित भएयता नेकपाका दुई अध्यक्षबीच संवाद नभएको नेकपा स्रोतले बताएको छ। प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमा व्यस्त भएपछि अध्यक्ष दाहाल पनि खुमलटार–चितवन आउजाउ मै व्यस्त भएका छन्।
प्रधानमन्त्री ओली बालुवाटारमै भेटघाटदेखि उच्चस्तरीय कार्यक्रममा व्यस्त छन् भने दाहाल पार्टीका नेतासँग अलग–अलग छलफल र थुप्रै मिटिङ गर्नुपर्ने बताए पनि त्यस्तो छलफल हुन नसकेको बताईएको छ। झन्डै दुई तिहाइ मतका साथ बलियो उपस्थिति रहेको नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसक्दा संसद् एक महिना बन्धक बनिसकेको छ।
तर, बन्धक संसद् खुलाउने र पार्टीभित्रको धु्रवीकरण तोड्न नेकपाका दुई अध्यक्षलाई तीव्र दबाब भए पनि ओली–दाहाल संवाद हुन सकेको छैन। दुवै अध्यक्ष केही दिन पर्ख र हेरको नीतिमा देखिएको नेकपाका एक स्थायी समिति सदस्यको ठहर छ । सभामुखका लागि ओली र दाहालका आ–आफ्नै रुचिका पात्र भएकाले सभामुखको पात्र चयनमा सकस परिरहेको अर्को थरीभन्छन् ।
२३ पुसमा नेता वामदेव गौतमको भैंसेपाटी निवासमा बसेको बहुमत सचिवालय सदस्यको ‘प्यानल बैठक’ ले ओली–दाहालबीच झन् असमझदारी बढेको र यहि असमझदारीका कारण उपसभामुख शिवमाया तुम्बाहाङफेको राजीनामा अड्किएको नेताहरुको जिकिर छ।र पोखरेललगायतसँग संवाद गरिरहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मध्यपुरथिमि, ३१ चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि निरन्तर रहने भएको छ। यस वर्ष स्थानीय २८ वर्षीय...
काठमाडौं, ३० चैत । विसं २०८१ नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा उत्साहजनक रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा ४६ करोड ८० लाख (ग्रस) को...
तनहुँ, ३० चैत । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रले हाल आफ्नो कुल ६९ मेगावाट क्षमताको करिब ४० प्रतिशत अर्थात् ३० मेगावाट मात्र विद्युत् उत्पादन गरिरहेको छ...
काठमाडौं, ३० चैत । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले चैत १५ गतेको तीनकुने घटनालाई लिएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउन नमिल्ने बताएका छन् । नेपाली कांग्रेसका सांसद तथा सहमहामन्त्री...