भक्तपुर । संसारकै सुन्दर नगर भक्तपुरलाई पर्यटकका निम्ती राम्रो व्यवस्थापन गर्न ध्यान दिएको भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले बताएका छन् । नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भमा भक्तपुरको दरवारक्षेत्रमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रजापतिले अर्थतन्त्रको मुख्य आधार पर्यटन व्यवसाय हुदै गएकाले पर्यटन विकासको आधार भक्तपुर भएको बताए ।
पर्यटककै लागि चैत्र ४ देखि ८ गतेसम्म भक्तपुरमा महोत्सवको समेत आयोजना गरेको बताउदै मेयर प्रजापतिले सास्कृतिक नगरमा पर्यटकलाई स्वागत गर्न पाउदा खुसी भएको बताए । देशको प्रमुख अर्थतन्त्र आधार परिवर्तन बन्दै गएको भन्दै पर्यटन नेपालको पमुख अर्थतन्त्रको आधार विकल्पकै रुपमा पर्यटन भएको बताए ।
भक्तपुर पर्यटनमै आधारित भएर अघि बढेको भन्दै नेपालको व्यापार घाटा झनझन गिर्दो अवस्थामा गएकाले विकल्पका रूपमा पयर्टन व्यवसाय अर्थतन्त्रको आधार बन्दै गएको उनको तर्क छ । भ्रमण वर्षका अवसरमा केही नयाँ काम गर्दै नगरपालिका अगाडि बढीरहेको प्रजापतिले बताए ।
संसारकै सुन्दर नगर सुरक्षाको दृष्टीकोणले पनि हेर्न लायक र सुरक्षित नगरबनाउने अभियानमा लागेको भन्दै संसार भरीकै पर्यटकलाइ भक्तपुर आउन आग्रह गरे ।
कार्यक्रममा उपमेयर रजनी जोशीले नेपालको साँस्कृतिक शहर भक्तपुरमा पर्यटकलाइ स्वागत गर्न पाउदा खुसी भएको बताइन् । भक्तपुरको कला सस्कृितको पर्यटकले नजिकबाट नियाल्न पाउने भन्दै भक्तपुरमा टेक्ने जोकोहीलाइ पर्यटन वर्षको शुभकामना दिइन् ।
पुर्खाले सिर्जेको कला सस्कृतिलाइ संसारभर चिनाउन वडा वडामा महत्वका कार्यक्रम गर्न सुझाव दिइन् । पुर्वजको योग्दानलाइ नयाँ पुस्तालाइ सिकाउन जरूरी रहेको बताइन् । आजबाटै अभियान थाल्ने उनको जिकिर छ ।
सिद्धपोखरीमा डुङ्गा सरर…
पर्यटन वर्षकै अवसरमा पयंटकलाई सहज र मनोरन्जन पर्दान गर्न ऐतिहासिक सिद्धपोखरीमा (नाैका विहार) डुङ्गा राखिएको छ । डुङ्गाको उद्धघाटन गर्दै मेयर प्रजापतिले नगरवासीको सल्लाह बमोजिम यसो गरिएको बताए । नेपाल भ्रमण वर्षको अवसरमा शुभकामना व्यक्त गरे ।
उद्धघाटन पश्चात सिद्धपोखरीमा डुङ्गासैर गरेर पर्यटकले मनोरन्जन लिईरहेका छन् । अंग्रेजी नयाँ वर्ष शुरुभएसंगै नेपाल भ्रमण वर्षको पहिलो दिन आज भक्तपुरमा विविध साँस्कृतिक कार्यक्रम पनि राखिएको छ । विभिन्न पोखरीमा दिपावली समेतको आयोजना गरिएको छ ।
तस्वीरमा भ्रमण वर्ष
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मध्यपुरथिमि, ३१ चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि निरन्तर रहने भएको छ। यस वर्ष स्थानीय २८ वर्षीय...
काठमाडौं, ३० चैत । विसं २०८१ नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा उत्साहजनक रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा ४६ करोड ८० लाख (ग्रस) को...
तनहुँ, ३० चैत । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रले हाल आफ्नो कुल ६९ मेगावाट क्षमताको करिब ४० प्रतिशत अर्थात् ३० मेगावाट मात्र विद्युत् उत्पादन गरिरहेको छ...
काठमाडौं, ३० चैत । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले चैत १५ गतेको तीनकुने घटनालाई लिएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउन नमिल्ने बताएका छन् । नेपाली कांग्रेसका सांसद तथा सहमहामन्त्री...