भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

पेट्रोलियम अन्वेषणको कार्य सफलता नजिक पुगेपछि दैलेखमा भण्डारणको क्षेत्र पहिचान गरिदै

पेट्रोलियम अन्वेषणको कार्य सफलता नजिक पुगेपछि दैलेखमा भण्डारणको क्षेत्र पहिचान गरिदै

दैलेख । पेट्रोलियम अन्वेषणको काम सफल्ता नजिकै पुगेपछि अहिले ‘साइस्किम सर्भे’ शुरु गरिएको छ । पेट्रोलियम अन्वेषणको महत्वपूर्ण कार्य मानिएको यो सर्भेको काम तीव्र गतिमा अघि बढाईएको हो। विदेशमा पेट्रोलियम अन्वेषण काम गरेका अनुभवी नेपाली कामदार र चीन सरकारको संयुक्त विशेषज्ञ टोलीले पेट्रोलियम अन्वेषणको कार्य तीब्र गतिमा अघि बढाईएको छ ।

सो कार्यको अनुसन्धान गर्न थप अत्याधुनिक साधनसमेत फिल्डमा ल्याएर जमिनभित्र तरङ्ग पठाउने काम शुरु गरिएको छ । ‘साइस्मिक सर्भे’ को अनुसन्धान संगै भण्डारणको क्षेत्र पहिचान गर्न लागिएको खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डा गणेशनाथ त्रिपाठीले बताए ।

भण्डारणको बढी सम्भावना भएको दैलेखका २० किलोमिटर क्षेत्रभित्र १० वटा सर्कलमा जमीनमुनि ड्रिलिङकार्य भइरहेको र ती १० मध्ये एउटा सर्कलमा जमीनमुनि करीब ४५ फिटसम्म ड्रिलिङसँगै विस्फोटक पदार्थ राख्ने काम सकिएको उनले जानकारी दिए ।

जमीनमुनिको तरङ्ग मापन गरेर भण्डारणको धेरै सम्भावना भएको स्थानमा मुख्य ड्रिलिङको काम गरिने भन्दै अन्वेषणका तीन वटा सााइस्मिक सर्भे सम्पन्न भएको त्रिपाठीले बताए । सानो मेसिनमार्फत ड्रिलिङ गर्ने काम सम्पन्न भएपछि प्रत्येक प्वालमा विस्फोटक पदार्थ राखेर जमीनमुनि आन्तरिक तरङ्ग पठाईएको छ ।

माघ मसान्तसम्म सर्भेको काम सम्पन्न भएपछि जमीनभित्र पठाइएको तरङ्ग मापन गरेर अध्ययनका लागि पुनःविशेषज्ञको टोलीले तीन महिनासम्मको अध्ययन पश्चात् मुख्य भण्डार क्षेत्रको अन्वेषण कार्य शुरु हुने विभागले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.