भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

प्रख्यात अभिनेता ऋषि कपूरको आजै अन्त्येष्टि

प्रख्यात अभिनेता ऋषि कपूरको आजै अन्त्येष्टि

१८ बैशाख २०७७ मुम्बई । बिहिबार निधन भएका भारतीय फिल्म उद्योगका प्रख्यात अभिनेता ऋषि कपूरको आजै अन्त्येष्टि गरिने भएको छ ।

उनको मुम्बईको मरिन लाइन्स क्षेत्रको चन्दनवाडीमा दाहसंस्कार गरिने छ। लकडाउनको कारण १५ जना आफन्तलाई मात्र अन्त्येष्टिमा सम्मिलित हुन प्रशासनले अनुमति दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

अन्तिम दर्शनको लागि नीतु कपुर, रणबीर कपुर, रणधीर कपुर मुम्बईमा छन् । दिवंगत अभिनेता ऋषि कपुरकी छोरी रिद्धमा कुपर पनि पिताको अन्तिम दर्शनका लागि दिल्लीबाट मुम्बई जाँदैछिन्। रिपोर्टका अनुसार रणबीरकी प्रेमिका आलिया भट्ट पनि कपूर परिवारसँगै उपस्थित छिन् ।

प्रख्यात अभिनेता कपूरको ६७ वर्षको उमेरमा बिहीवार बिहान ९ बजे निधन भएको हो। मङ्गलवार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको थियो।

क्यान्सरबाट पीडित अर्का प्रख्यात अभिनेता इरफान खानको पनि बुधवार निधन भएको थियो । ऋषि कपूरलाई फेब्रुअरी महिनामा दुई पटक अस्पताल भर्ना गरिएको थियो। उनी कलाकार राज कपूरका माहिला छोरा हुन् ।

रणधीर कपूर जेठा दाइ हुन् भने ऋतु नन्दा र रिमा जैन बहिनी र राजीव कपूर भाइ हुन्। ऋषि कपूरले सन् १९७३ मा बबीनामक चलचित्रबाट आफ्नो व्यावसायिक अभिनय यात्रा आरम्भ गरेका थिए।

 


Thali Mobile Pvt.Ltd.