भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रख्यात अभिनेता ऋषि कपूरको आजै अन्त्येष्टि

प्रख्यात अभिनेता ऋषि कपूरको आजै अन्त्येष्टि

१८ बैशाख २०७७ मुम्बई । बिहिबार निधन भएका भारतीय फिल्म उद्योगका प्रख्यात अभिनेता ऋषि कपूरको आजै अन्त्येष्टि गरिने भएको छ ।

उनको मुम्बईको मरिन लाइन्स क्षेत्रको चन्दनवाडीमा दाहसंस्कार गरिने छ। लकडाउनको कारण १५ जना आफन्तलाई मात्र अन्त्येष्टिमा सम्मिलित हुन प्रशासनले अनुमति दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

अन्तिम दर्शनको लागि नीतु कपुर, रणबीर कपुर, रणधीर कपुर मुम्बईमा छन् । दिवंगत अभिनेता ऋषि कपुरकी छोरी रिद्धमा कुपर पनि पिताको अन्तिम दर्शनका लागि दिल्लीबाट मुम्बई जाँदैछिन्। रिपोर्टका अनुसार रणबीरकी प्रेमिका आलिया भट्ट पनि कपूर परिवारसँगै उपस्थित छिन् ।

प्रख्यात अभिनेता कपूरको ६७ वर्षको उमेरमा बिहीवार बिहान ९ बजे निधन भएको हो। मङ्गलवार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको थियो।

क्यान्सरबाट पीडित अर्का प्रख्यात अभिनेता इरफान खानको पनि बुधवार निधन भएको थियो । ऋषि कपूरलाई फेब्रुअरी महिनामा दुई पटक अस्पताल भर्ना गरिएको थियो। उनी कलाकार राज कपूरका माहिला छोरा हुन् ।

रणधीर कपूर जेठा दाइ हुन् भने ऋतु नन्दा र रिमा जैन बहिनी र राजीव कपूर भाइ हुन्। ऋषि कपूरले सन् १९७३ मा बबीनामक चलचित्रबाट आफ्नो व्यावसायिक अभिनय यात्रा आरम्भ गरेका थिए।

 


Thali Mobile Pvt.Ltd.