काठमाडौँ । जहाजको संख्याअनुसार माग नहुने अवस्थामा जहाजहरु ग्राउन्डेड गर्ने र स्टाफलाई बेतलवी विदामा बस्न प्रोत्साहन गर्ने वायुसेवा सञ्चालक संघ, नेपालले बताएको छ ।
कोरोनाभाइरसका कारण विश्वभरको अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको र यसको प्रत्यक्ष प्रतिकुल प्रभाव हवाई क्षेत्रमा समेत देखिएको भन्दै यस्तो निर्णय गरेको हो । यस्तो अवस्थामा स्टाफको सेवा सुविधा समेत कटौती गर्ने निर्णय गर्दै वायुसेवा सञ्चालकको बैठकले नेपालको आन्तरिक हवाई उडानमा ४ अर्बभन्दा बढी आम्दानी घट्ने अनुमान गरेको छ ।
दुई महिना यता आन्तरिक हवाई यात्रामा विदेशी पर्यटकको संख्या ४० प्रतिशतले घटेको भन्दै बुकिङहरु धमाधम रद्द हुन थालेको संघले जनाएको छ । चीन, हङकङ, कोरिया, थाइल्याण्ड, भारत, मध्यपूर्वी मुलुकमा कोरोनाको प्रकोप देखिएकोले हवाई बुकिङ रद्द हुने क्रम अझ बढ्ने संघको अनुमान छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । भिजिट भिसामा यूएई घुम्न लगेर नेपाली युवालाई रूसी सेनामा भर्ती गराउने गरेको पाइएको छ । नेपाली नागरिकलाई रुस लैजाने गिरोहका १२ जना पक्राउ परेका छन्। उनीहरुको प्रारम्भिक...
रुकुम । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर मृत्यु भएका रुकुमका सबै मृतकका परिवारले नगद राहत बुझेका छन् । गत कात्तिक २४ र २५ गते पहिलो चरणमा राहत रकम...
काठमाडौँ । विज्ञान प्रविधिसम्बन्धी विश्वस्तरको प्राज्ञिक संस्था ‘द वर्ल्ड एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी’ (ट्वास) को प्राज्ञ (फेलो) मा दक्षिण एसियाका तर्फबाट नेपालका रसायनशास्त्री प्रा.डा. हेमराज पन्त चयन हुनुभएको...
काभ्रे । चाडपर्वमा हुने सवारीसाधन दुर्घटनाको ख्याल गर्दै आज बिहानदेखि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले टिपर सञ्चालनमा रोक लगाएको छ । घटस्थापनाकै दिन पाँचखालमा टिपरको ठक्करबाट एकको ज्यान गएपछि बुधबार...