भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रधानमन्त्री ओली ‘क्लोज कन्ट्याक’मा, प्रचण्ड निवासका ६ जनालाई कोरोना पुष्टी

प्रधानमन्त्री ओली ‘क्लोज कन्ट्याक’मा, प्रचण्ड निवासका ६ जनालाई कोरोना पुष्टी

२२ साउन २०७७ काठमाडौं । आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री केपी शर्मा ओली पनि ‘क्लोज कन्ट्याक’को सूचीमा परेका छन् । कोही मानिस समूहमा बैठकमा बस्छ र उसलाई संक्रमण पुष्टि हुन्छ भने त्यो बैठकमा सहभागी सबै ‘क्लोज कन्टयाक’ अन्तर्गत पर्दछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको टेस्टिङ गाइडलाइन अन्तर्गत कन्ट्याक ट्रेसिङमा परेका हुन् ।
प्रधानमन्त्रीको गत शनिबार नै परीक्षण भइसकेको बताएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । सुरक्षाकर्मीको समेत परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको सल्लाहकार थापाले बताए ।

प्रचण्ड निवासका ६ जनालाई पनि कोरोना
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटामा सुरक्षार्थ खटिएका ६ जना प्रहरीलाई पनि कोरोना संक्रमण पुष्टी भएको छ । प्रचण्डको परिवारका सदस्यसहित निवास र उनको सुरक्षामा तैनाथ प्रहरीको स्वाब लिएर गरिएको परीक्षणमा ६ जनालाई कोरोना पुष्टि भएको हो ।

परिवारका सदस्यसहित सुरक्षाकर्मीको पनि स्वाब परीक्षण गराउँदा ६ जनामा कोरोना देखिएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले बताए । सुरक्षाकर्मीहरुलाई संक्रमण देखिए पनि प्रचण्ड परिवारका सदस्यको भने रिपोर्ट नेगेटिभ आएको उनको भनाई छ । निवासको बाहिरी घेराका सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हो ।

 


Thali Mobile Pvt.Ltd.