काठमाडौं । नागरिक र प्रहरीबीचको सम्बन्ध बढाउन प्रहरीले ‘प्रहरी मेरो साथी’ अभियान चलाइरहदा विहिवारको घटनाले उलटपुलट पारिदिएको छ । विश्वास जित्नका लागि प्रहरीले थालेको यस्तो अभियान प्रहरीकै व्यवहारले आफ्नै अभियानको ‘खिल्ली’ उडाइरहेको नागरिकले बताएका छन्।
नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी (जर्नेल) को बचाउमा लागेर महानगरीय प्रहरी प्रभाग भैंसेपाटीका प्रमुख इन्सपेक्टर देवीप्रसाद पौडेलले बच्चा बोकेकी एक महिलामाथि बर्बरता पूर्वक लाठी बर्साए । इन्सपेक्टर पौडेलले महिलालाई बर्साएको लाठी भिडियो यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।
आफ्नो कर्तव्य र मानवता गुमाएर एक जिम्मेवार प्रहरी अधिकृतले बच्चा बोकेकी महिलामाथि लाठी बर्साएको दृश्यले प्रहरी सङ्गठनको बदनाम गरेको छ । श्रीमानको अन्यायमा परेर न्यायको भिख माग्दै बच्चा काखमा च्यापेर प्रहरी कार्यलयमा नै देखिने गरेकी हेमा, प्रहरी कै लाठी प्रहारमा थला परेको घटनालाई नागरिकले चाँसोका साथ हेरेका छन् ।
घटना यस्तो छ
भैँसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरभित्र विहिवार एक महिला प्रवेश गरेपछि इन्स्पेक्टर पौडेलले श्रेष्ठलाई लाठी हाने । खत्री र माला शाह नामक महिलाबीच भएको विवादका क्रममा पौडेलले श्रेष्ठलाई लाठीचार्ज गरेका हुन् ।
खत्रीसँग आफ्नो पुरानो सम्बन्ध रहेको भन्दै माला शाह नाम गरेकी महिलाले श्रेष्ठसँगै केही महिलालाई साथमा लिएर खत्रीको घर पुगेकी थिइन् । महिलाहरुको भिड देखेपछि खत्रीले प्रहरीले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै घटनास्थल पुगेका इन्सपेक्टर पौडेलले महिलामाथि बल प्रयोग गरेका हुन् ।
भिडियोमा देखिएका बेला बच्चालाई पिठ्युँमा बोकेकी हेमा श्रेष्ठलाई प्रहरीले गाडीबाट धकेलेर पछाडिबाट लाठी प्रहार गरेको छ । काखमा बच्चा बोकिरहेकी महिलालाई लाठीले पछाडिबाट जोडजोडले हिर्काउँदै कुनै एक घरको प्रवेशद्वारतर्फ खेदाइरहेको देखिन्छ । पछि प्रहरीले ४ महिलालाई नियन्त्रणमा लिएको छ ।
यता, इन्सपेक्टर पौडेलले लाठी हानेको स्वीकार्दै अर्काको घरभित्र छिरेर तोडफोड गरेपछि सामान्य प्रहार गरिएको इन्सपेक्टर पौडेलको भनाइ छ । घटना हुँदा महिला प्रहरी पनि घटनास्थलमै रहेको बताएको छ । घटनाका दोषीलाई कानुनअनुसार सशक्त रुपमा कारबाही हुने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले बताएका छन् । ‘दोषी कसैलाई पनि नछाडिने भन्दै पौडेलमाथि अनुसन्धान सुरु भइसकेको पोखरेलले बताए ।
छानबिन
मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ परिच्छेद २ मा पक्राउ गर्नै परे पनि महिला प्रहरीद्वारा पक्रन लगाउनुपर्ने स्पष्ट व्यवस्था गरिएको छ । तर, महिलालाई पक्रन होईन कुट्न पुरुष इन्सपेक्टर पौडेल आफै नै अघि सरे। पक्राउ गर्नुपर्ने अवस्थामा तत्काल महिला प्रहरीले उपलब्ध नभएमा निजको इज्जत वा प्रतिष्ठामा आँच नआउने गरी महिलाको शारीरिक संवेदनशीलताको सम्मान गर्दै पुरूष प्रहरी कर्मचारीले पक्राउ गर्न बाधा पर्ने छैन ।’ भनेर कार्यविधि आचारसंहितामा स्पष्टै भनिएको छ ।
यस्तो व्यवस्था हुदा हुदै पनि हेमा श्रेष्ठलाई लाठी बर्साउने इन्सपेक्टर देवीप्रसाद पौडेलमाथि प्रहरीले आन्तरिक छानविन सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयको निर्देशनमा ललितपुर प्रहरी परिसरले छानविन सुरु गरेको हो । प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेर घटनाबारे यर्थाथ विषय पत्ता लगाएर प्रतिवेदन बुझाउन निदेर्शन दिईएको छ ।
यता नागरिकले प्रहरी संगठनलाई नै बदनाम गराउने इन्सपेक्टर देवीप्रसाद पौडेललाई हदै सम्मको कारवाही हुनुपर्ने बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, ६ जेठ । संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ । बैठकको कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् नियमावली, २०७९ को...
काठमाडौं, ३ जेठ । सगरमाथा संवाद २०२५ को दोस्रो दिन आज (शनिबार) काठमाडौंमा जलवायु परिवर्तन र दिगो विकासका मुद्दाहरूमा केन्द्रित ९ वटा छलफल सत्र सञ्चालन हुँदैछन्। बिहान ९:०० बजेदेखि...
मध्यपुरथिमि, ३१ चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि निरन्तर रहने भएको छ। यस वर्ष स्थानीय २८ वर्षीय...
काठमाडौं, ३० चैत । विसं २०८१ नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा उत्साहजनक रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा ४६ करोड ८० लाख (ग्रस) को...