कुवेत । अल मुतलाको हाउजिङ निर्माणस्थलमा बम पड्काएर ढुंगा फुटाउने क्रममा चार जना नेपालीको मृत्यु भएको छ। कुवेतस्थित नेपाली राजदुतावासका अनुसार तीन जनाको अवस्था गम्भीर छ भने थप तीन जना बेपत्ता रहेका छन् ।
वेपत्ता भएका कमदारको खोजी र उद्धार कार्य चलिरहेको दुतावासका सूचना अधिकारी जानकी ओझाले जानकारी दिइन् ।उनका अनुुसार १३ जना नेपाली र एक भारतीय कामदार खाडलमा पसेर काम गरिरहेका बेला ढुंगा फुटाउन बम पड्काउने क्रममा एक्कासी ढुंगासहितको पहिरोमा उनीहरु पुरिएका थिए ।
मृर्तकको पहिचान खुल्न सकेको छैन। दुर्घटनाको कारणबारे तत्काल छानविन गरी ७ दिनभित्र प्रतिवेदन बुझाउन कुवेत सरकारले निर्देशन दिएको छ।