सिन्धुपाल्चोक । भूकम्पपले जुगल गाउँपालिका–१ सेपगाउँमा १४ जनाको ज्यान लिएको घटना अहिले जस्तै लाग्छ । ढलेका दर्जनौं घर सरकारले बनाईदिने भन्यो । २० परिवारका लागि एकीकृत बस्ती समेत बसाल्यो । अहिले त्यो बस्ती पहिरोको जोखिममा रहेको छ । वस्तीमा रहेका परिवार पहिरोको त्रासमा वाँचिरहेका छन् ।
भूकम्पपछि सेपगस्थानीय बासिन्दा सेलाङको काफ्लेडाँडा सरेका थिए । अहिले उनीहरू दिनभर पुुुुरानै थलोमा गएर खेतीपाती गर्छन् । राति मात्रै घर आउँछन् । सेलाङ एकीकृत बस्तीका अध्यक्ष सोबले तामाङले पीडितको श्रमदानसमेतबाट बस्ती बनेको बताए ।