भक्तपुर । इतिहास खाेतल्दै भक्तपुर नगरपालिकाले ३ स २९ वर्ष पुरानो नगरा पुनःस्थापित गर्दै नगरवासीमाझ ल्याएकाे छ । नेपाल भ्रमण वर्ष २०२० को सुअवसरमा भक्तपुर नगरपालिकाले दरबार क्षेत्रस्थित तलेजु मन्दिर परिसरमा रहेको ३ सय २९ वर्ष पुरानो दुईवटा ठूलो ऐतिहासिक नगरा (दमाहा)लाई सिद्धिलक्ष्मी मन्दिर अगाडिको ताहा सत्तल (तबा सत्तल) मा पुनःस्थापित गरेको हो ।
बिहीबार नगरपालिकाको तर्फबाट मर्मत सम्भार गरिएका ती नगरालाई एक कार्यक्रमबीच ताहा सत्तल (तबा सत्तल) को पहिलो तल्लाको पश्चिमी भागमा सुरक्षित रुपमा पुनःस्थापना गरिएको छ । नगरा पुनःस्थापना कार्यक्रममा सम्बोधन गर्दै नगरप्रमुख सुनिल प्रजापतिले नयाँ पुस्तालाई थाहा दिन पहिलेकै ठाउँमा पुनःस्थापना गरिएको बताए ।
राजा जितामित्रको पालामा तलेजु भवानीलाई चढाइएको साे नगरा पुनःस्थापना गर्नुका साथै सुरक्षित राखी नगरा बजाउने व्यवस्था गरी यसलाई जीवन्तता प्रदान गर्ने सोचमा नगरपालिका रहेको प्रजापतिकाे भनाइ छ। त्यस्तै भक्तपुर नगरपालिका उपप्रमुख रजनी जोशीले पुर्खाले छोडेको सम्पत्ति नयाँ पुस्तालाई हस्तान्तरण गर्नुको औचित्यबारे प्रस्ट पार्दै ऐतिहासिक नगराको उचित उपयोगको आवश्यकता रहेको बताइन् ।
लामो समयदेखि तलेजु परिसरमा रहेका नगराहरू विगतमा ताहा सत्तलमा राखिएको इतिहास भएको उल्लेख गर्दै आन्तरिक र बाह्य पर्यटकहरूको लागि नगराको विषयमा जानकारी दिनु आवश्यक रहेको दरबार हेरचाह तथा संरक्षण कार्यालयका प्रमुख सरस्वती सिंहले बताइन् ।
कार्यक्रममा संस्कृतिकविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले भक्तपुर नगरभित्रका मूर्त–अमूर्त सम्पदा संरक्षणमा नगरपालिकाले अग्रणी भूमिका खेलेको चर्चा गर्दै धार्मिक र सांस्कृतिक जीवनको झलक दिने ऐतिहासिक नगराको महत्वबारे प्रस्ट पारे। त्यस्तै कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले लामो इतिहास बोकेका नगराहरूलाई भक्तपुर नपाले पुनःस्थापित गर्ने कार्य गरिरहेको बताए ।
नेपाल भ्रमण वर्षको अवसरमा भक्तपुर नगरपालिकाले पुस १५ गते गते सन्ध्याकालीन पदयात्रा र पुस १६ (जनवरी १) मा प्रभातफेरी कार्यक्रम गर्ने योजना रहेको बताएकाे छ । कार्यक्रममा भक्तपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, गुठी संस्थान भक्तपुरका प्रमुख आनन्द कर्माचार्य, पुरातत्व विभागका पुरातत्व अधिकृत मोहनसिंह लामा, प्रहरी उपरीक्षक सबिन प्रधान, वीरदल गणका लेनिन रोक्कामगर, इतिहासविद् प्रा. विश्वमोहन जोशी, भक्तपुर नगरका प्रमुख प्रशासकीय अधिकृत दिपक कोइराला लगायतको सहभागिता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, ६ जेठ । संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ । बैठकको कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् नियमावली, २०७९ को...
काठमाडौं, ३ जेठ । सगरमाथा संवाद २०२५ को दोस्रो दिन आज (शनिबार) काठमाडौंमा जलवायु परिवर्तन र दिगो विकासका मुद्दाहरूमा केन्द्रित ९ वटा छलफल सत्र सञ्चालन हुँदैछन्। बिहान ९:०० बजेदेखि...
मध्यपुरथिमि, ३१ चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि निरन्तर रहने भएको छ। यस वर्ष स्थानीय २८ वर्षीय...
काठमाडौं, ३० चैत । विसं २०८१ नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा उत्साहजनक रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा ४६ करोड ८० लाख (ग्रस) को...