भारतीय जन्तीलाई स्वागत गर्न राष्ट्रपति भण्डारी जनक्पुर जाँदै

भारतीय जन्तीलाई स्वागत गर्न राष्ट्रपति भण्डारी जनक्पुर जाँदै image

काठमाडौं । भारतीय जन्तीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी जनक्पुर जाँदै छिन् । विवाह पञ्चमी महोत्सवमा भारतको अयोध्याबाट आएका जन्तीहरुलाई स्वागत गर्न भएका लागि भण्डारी जनकपुर प्रस्थान गर्न लागेकी हुन् ।

साधु सन्तसहितका जन्तीहरुलाई राष्ट्रपति भण्डारीले रंगभूमि मैदानमा मध्याह्न स्वागत तथा सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीको जनकपुर आगमनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यसअघि जनकपुरको जानकी मन्दिरमा उनले पूजापाठ पनि गर्नेछिन् ।

जनकपुरका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच त्रेता युगमा भएको भनिएको बिहेको सम्झनास्वरुप हरेक वर्ष जनकपुरमा रामजानकी विवाह महोत्सव मनाइन्छ । सप्ताहव्यापी महोत्सव मंगलबारबाट नै शुरु भएको छ ।

पहिलो दिन जनकपुर नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुषभंग, चौथो दिन मटकोर, पाँचौं दिन तिलकोत्सव, छैठौं दिन वैवाहिक कार्यक्रम तथा सातौं दिन रामकलेवा विधिसाथ महोत्सव सम्पन्न हुन्छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • यूएई घुम्न गएका नेपाली युवा कसरी पुगे रूसी सेनामा ? image

    यूएई घुम्न गएका नेपाली युवा कसरी पुगे रूसी सेनामा ?

    काठमाडौं । भिजिट भिसामा यूएई घुम्न लगेर नेपाली युवालाई रूसी सेनामा भर्ती गराउने गरेको पाइएको छ । नेपाली नागरिकलाई रुस लैजाने गिरोहका १२ जना पक्राउ परेका छन्। उनीहरुको प्रारम्भिक...

  • रूकुममा मृतकका परिवारले बुझे नगद दुई लाखका दरले राहत image

    रूकुममा मृतकका परिवारले बुझे नगद दुई लाखका दरले राहत

    रुकुम । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर मृत्यु भएका रुकुमका सबै मृतकका परिवारले नगद राहत बुझेका छन् । गत कात्तिक २४ र २५ गते पहिलो चरणमा राहत रकम...

  • ‘द वर्ल्ड एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी’ मा डा.पन्त चयन image

    ‘द वर्ल्ड एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी’ मा डा.पन्त चयन

    काठमाडौँ । विज्ञान प्रविधिसम्बन्धी विश्वस्तरको प्राज्ञिक संस्था ‘द वर्ल्ड एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी’ (ट्वास) को प्राज्ञ (फेलो) मा दक्षिण एसियाका तर्फबाट नेपालका रसायनशास्त्री प्रा.डा.  हेमराज पन्त चयन हुनुभएको...

  • टिपर सञ्चालनमा रोक image

    टिपर सञ्चालनमा रोक

    काभ्रे । चाडपर्वमा हुने सवारीसाधन दुर्घटनाको ख्याल गर्दै आज बिहानदेखि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले टिपर सञ्चालनमा रोक लगाएको छ । घटस्थापनाकै दिन पाँचखालमा टिपरको ठक्करबाट एकको ज्यान गएपछि बुधबार...

Prem Durbar Hotel and Nagarkot Zipline ResorthotelghyampedandaHotel City Gaon