काठमाडौं । मापदण्ड विपरितका खाद्यबस्तुको विगविगी बजारमा मात्रै होईन, मन्त्रीको टेवलसम्म पुगेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गर्ने अनुगमन फितलो हुँदा मापदण्ड विपरितका खाद्यबस्तुको विगविगी भेटिएको हो ।
मन्त्रालयले आफ्नो प्रगति र भावी कार्ययोजनाबारे जानकारी दिन मन्त्रालयमै आइतबार पत्रकार सम्मेलन गरेको कार्यक्रममा पिउने पानी भन्दै बोतल दिएको र उक्त बोतलमा लेबल नै थिएन । ‘एकुवा हन्ड्रेड ब्राण्ड’को पिउने पानीका बोतलमा लेबल उल्लेख नहुनु उपभोक्ता संरक्षण ऐन २०७५ विपरित भएको सहभागीले बताए।
उपभोक्ता संरक्षण ऐनको दफा ६ (२) को ‘च’मा उत्पादकले आफुले उत्पादन गरेका बस्तुको बिक्री मूल्य, व्याच नम्बर र उत्पादन मिति अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था छ । तर, मन्त्रालयमा मन्त्री लेखराज भट्ट र सचिव बैकुण्ठ अर्याललाई दिइएको पानीमा भने उत्पादन मिति, व्याच नम्बर केही पनि उल्लेख थिएन ।
उक्त बोतलहरुमा लेबल उल्लेख नभएको भेटेपछि सो पानी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदीको जिम्मा लगाएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, ६ जेठ । संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ । बैठकको कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् नियमावली, २०७९ को...
काठमाडौं, ३ जेठ । सगरमाथा संवाद २०२५ को दोस्रो दिन आज (शनिबार) काठमाडौंमा जलवायु परिवर्तन र दिगो विकासका मुद्दाहरूमा केन्द्रित ९ वटा छलफल सत्र सञ्चालन हुँदैछन्। बिहान ९:०० बजेदेखि...
मध्यपुरथिमि, ३१ चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि निरन्तर रहने भएको छ। यस वर्ष स्थानीय २८ वर्षीय...
काठमाडौं, ३० चैत । विसं २०८१ नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा उत्साहजनक रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा ४६ करोड ८० लाख (ग्रस) को...