भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

माया थापाको ‘बुढी कन्या’ सार्वजनिक

माया थापाको ‘बुढी कन्या’ सार्वजनिक

२२ साउन २०७७ काठमाडौ । चर्चाको शिखरमा पुगेका तर बिहे नगरी बसेका केही नायिकाका विशेषगरी बुढी कन्या भनेर चर्चाको विषय बन्ने गरेका समाचार सुनेकै छाैं । अझ भारतीय फिल्म इन्डस्ट्रिमा सुपरस्टार अनुष्का शेट्टी (३६ वर्षीया) अहिलेसम्म अविवाहित हुदा बुढी कन्याको सूचीमा परिन् ।

देवसेना उपनामले परिचित उनी विवाह नहुदा बुढी कन्या भनेर जिस्क्याउने पनि कम छैनन् । त्यस्तै काजल अग्रवाल–(३२ वर्ष) अर्की चर्चित हिरोइन हुन्, तृषा कृष्णन्–(३४ वर्ष) अर्की अविवाहित हिरोइन हुन्, श्रीया शरण–(३५ वर्ष) समयमै विवाह नगर्दा प्राय समाजमा बुढी कन्या भनेर पुकार गरिन्छ ।

यो भारतमा मात्रै होईन नेपालमा पनि यही उपमा दिईन्छ । तर पछिल्लो समय माया थापाले यसैलाई तीज विशेषसंग जोडेर उमेर छदै विहे गर्न सल्ला दिदै २०७७ काे नयाँ तीज गीत ‘बुढी कन्या’ म्यूजिक भिडियो सार्वजनिक गरेकी छन् । बुवा आमा नहुँदाको पीडा समेटेर एक्लै हुन पर्दाको समस्यालाई यस गीतमा समेटिएको छ ।

मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको यो गीत हेर्न यहाँ थिच्नुहोस्…

साथीहरुको जोडी देखेर बुढी कन्यालाइ एक्लो पनको समस्या भएकाे कुरा समेटिएको यस गीतमा लय, शब्द र स्वर माया थापाको रहेको छ भने बिमला श्रीस र जया छन्त्यालको कोरस स्वर रहेको छ । डोलराज बाह्रघरेको एरेन्ज रहेको यस म्यूजिक भिडियोमा कुमार रानाले मिक्सिङ्ग गरेका छन् ।

मानसिंह खड्काको निर्देशनमा तयार पारिएको यस भिडियोमा रिना थापामगर, चित्रा मगर र सम्प्रिया खड्काको बेजोड नृत्य रहेको छ । राजकुमार मगरको सम्पादन रहेको यस गीतमा सागर गौतमको छायांकन रहेको छ ।

तस्बीरमा…maya tapa song

 

 


Thali Mobile Pvt.Ltd.