भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

प्रधानमन्त्री ओली ‘क्लोज कन्ट्याक’मा, प्रचण्ड निवासका ६ जनालाई कोरोना पुष्टी

प्रधानमन्त्री ओली ‘क्लोज कन्ट्याक’मा, प्रचण्ड निवासका ६ जनालाई कोरोना पुष्टी

२२ साउन २०७७ काठमाडौं । आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री केपी शर्मा ओली पनि ‘क्लोज कन्ट्याक’को सूचीमा परेका छन् । कोही मानिस समूहमा बैठकमा बस्छ र उसलाई संक्रमण पुष्टि हुन्छ भने त्यो बैठकमा सहभागी सबै ‘क्लोज कन्टयाक’ अन्तर्गत पर्दछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको टेस्टिङ गाइडलाइन अन्तर्गत कन्ट्याक ट्रेसिङमा परेका हुन् ।
प्रधानमन्त्रीको गत शनिबार नै परीक्षण भइसकेको बताएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । सुरक्षाकर्मीको समेत परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको सल्लाहकार थापाले बताए ।

प्रचण्ड निवासका ६ जनालाई पनि कोरोना
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटामा सुरक्षार्थ खटिएका ६ जना प्रहरीलाई पनि कोरोना संक्रमण पुष्टी भएको छ । प्रचण्डको परिवारका सदस्यसहित निवास र उनको सुरक्षामा तैनाथ प्रहरीको स्वाब लिएर गरिएको परीक्षणमा ६ जनालाई कोरोना पुष्टि भएको हो ।

परिवारका सदस्यसहित सुरक्षाकर्मीको पनि स्वाब परीक्षण गराउँदा ६ जनामा कोरोना देखिएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले बताए । सुरक्षाकर्मीहरुलाई संक्रमण देखिए पनि प्रचण्ड परिवारका सदस्यको भने रिपोर्ट नेगेटिभ आएको उनको भनाई छ । निवासको बाहिरी घेराका सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हो ।

 


Thali Mobile Pvt.Ltd.