काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण नेपालमै गरिने भएको छ । दोस्रो पटक तय गरेको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा हुनेभएको हो। आइतबार ग्रान्डी अस्पतालमा स्वास्थ्य जाँच गरिएका ओलीको बुधवार प्रत्यारोपण गरिने जनाईएको छ ।
त्यसका लागि उनलाई सोमबार अस्पताल भर्ना गरिने अस्पतालका मेडिकल निर्देशक डा. चक्रराज पाण्डेले बताए ।आईतवार प्रधानमन्त्रीको मुटु, ठूलो आन्द्रा र रगतको जाँच गरिदा स्वास्थ्य जाँचको रिपोर्ट राम्रो आएपछि चिकित्सकसँग छलफलमा प्रत्यारोपण अघिबढाईएको हो ।
२०६४ साउनमा भारतको अपोलो अस्पतालमा प्रधानमन्त्री ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।पहिलो भन्दा यो पटकको प्रत्यारोपण अलि जटिल हुने भन्दै चिकित्सकले त्यसको तयारी पनि त्यहि किसिमले गरिएको बताएका छन्।
प्रधानमन्त्रीकी निजी चिकित्सकसमेत रहेकी वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.दिव्यासिंह शाहले प्रत्यारोपणकोका लागि ओलीको स्वास्थ्य जाँच गरी तयारी अवस्थामा राखिएको बताएकी छन् । पहिलो प्रत्यारोपणमा अञ्जना घिमिरेले मिर्गौला दिएकी थिइन् भने यसपटक मिर्गौला दिन आफन्त नाताकी एक महिला तयार भएकी जनाईएको छ ।
यस्तो छ ओलीको उपचार
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मध्यपुरथिमि, ३१ चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि निरन्तर रहने भएको छ। यस वर्ष स्थानीय २८ वर्षीय...
काठमाडौं, ३० चैत । विसं २०८१ नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा उत्साहजनक रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा ४६ करोड ८० लाख (ग्रस) को...
तनहुँ, ३० चैत । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रले हाल आफ्नो कुल ६९ मेगावाट क्षमताको करिब ४० प्रतिशत अर्थात् ३० मेगावाट मात्र विद्युत् उत्पादन गरिरहेको छ...
काठमाडौं, ३० चैत । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले चैत १५ गतेको तीनकुने घटनालाई लिएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउन नमिल्ने बताएका छन् । नेपाली कांग्रेसका सांसद तथा सहमहामन्त्री...