काठमाडौं । प्रतिनिधिसभाको १, प्रदेशसभाको ३ र स्थानीय तहका ४८ रिक्त पदका लागि आज मतदान भैरहेको छ । कास्की क्षेत्र नं. २, प्रदेशसभाको भक्तपुर १(क), बागलुङ २(ख), दाङ ३(ख) मा उपनिर्वाचन भैरहेकाे हाे । विहान ७ बजे बाट सुरू भएकाे मतदान वेलुका ५ वजे सम्म जारी रहने निर्वाचन आयोजले जनाएको छ ।
स्थानीयतर्फ सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखका लागि चुनाव हुँदैछ । पाँचथरको फाल्गुनन्द, संखुवासभाको मकालु र महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पद पनि रिक्त छ ।त्यस्तै, नगरपालिका तथा गाउँपालिकाका रिक्त ४३ वडाध्यक्ष पदका लागि पनि आज चुनाव हुँदैछ । रिक्त पदका लागि दल र स्वतन्त्र गरी ३ सय ३७ उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।
अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित प्रबन्ध मिलाउन आयोगले सबै मतदान अधिकृतलाई निर्देश गरेको जनाएकाे छ । निर्वाचन कानूनले अनुमति दिएका उम्मेदवार, मतदाता, व्यक्ति वा अधिकारीबाहेक अन्य कुनै पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश नगर्न सुझाव दिदै आयोगले मतदाताले स्वतन्त्र र विवेकपूर्ण ढङ्गबाट मतदान गर्न पाउने नैसर्गिक अधिकारको सम्मान गर्न र सहज वातावरण तयार गरिदिन अनुरोध समेत गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, ६ जेठ । संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ । बैठकको कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् नियमावली, २०७९ को...
काठमाडौं, ३ जेठ । सगरमाथा संवाद २०२५ को दोस्रो दिन आज (शनिबार) काठमाडौंमा जलवायु परिवर्तन र दिगो विकासका मुद्दाहरूमा केन्द्रित ९ वटा छलफल सत्र सञ्चालन हुँदैछन्। बिहान ९:०० बजेदेखि...
मध्यपुरथिमि, ३१ चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि निरन्तर रहने भएको छ। यस वर्ष स्थानीय २८ वर्षीय...
काठमाडौं, ३० चैत । विसं २०८१ नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा उत्साहजनक रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा ४६ करोड ८० लाख (ग्रस) को...