भर्खरै : Sorry, your browser does not support inline SVG.
बालबालिकाहरुलाई परम्परागत सीप प्रदान गर्न सके भविष्य उज्ज्वल हुनेः सांसद सुवाल | युवा व्यवसायी महेश प्रसाई (म्याक्स बाबु) अष्ट्रेलियाको राज्य सरकारद्वारा सम्मानित हुँने पहिलो नेपाली बने | कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय पचास चरा | अर्को सूचना नभएसम्म थप बन्धकहरूलाई मुक्त नगर्ने हमासको निर्णय, इजरायलको हमासलाई चेतावनी | गण्डकी सरकारको उक्तम कार्य, क्यान्सर उपचारमा सहायता कार्यक्रमबाट सात सय ३३ जनाला भान्वित | नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिर्ने उद्योगिलाई पठायो लाइन काट्न पत्र | ग्यास लुकाएर अभाव देखाए ग्यास जफत गर्ने सरकारको चेतावनी | १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारका लागि अन्तरदेशीय ठूला प्रसारणलाइन निर्माण गर्ने सहमती |

लिपुलेख सडक : भारतले नेपालको सार्वभौमिक्ता माथि आघात पुर्यायो – बुद्धिनारायण श्रेष्ठ

लिपुलेख सडक : भारतले नेपालको सार्वभौमिक्ता माथि आघात पुर्यायो – बुद्धिनारायण श्रेष्ठ image

कोरोना कहरकै बिचमा भारतले नेपालको सार्वभौमिक्ता माथि आँच पु¥याएको सीमाविद् बुद्धिनारायण श्रेष्ठले बताएका छन् । भारतले पिथौरागढ नजिकैबाट गुन्जी, कालापानी लिपुलेख अन्तिम सम्म पुग्ने ८० किलोमिटर सडकको उद्घाटन गर्यो ।

यसले नेपालको सार्वभौमिक्ता माथि दखल पु¥याएको दावी गर्दै भारतले बलमिच्याई गरी नेपाली भुमिमाथि सडक बनाउनु नेपालको स्वतन्त्रतामाथि आघात पु¥याएको बताए । भारतीय रक्षामन्त्रीले सडक उद्घाटन गर्दा भारतीय सेना प्रमुख मनोज मुण्डा, डिफेन्स स्टाफको चिफ विपिन रावतलाई साँची राखेर उसले लिपुलेख त्रीदेशीय विन्दु बनाउन खोज्यकोले नेपाल सरकारले यसको सोधिखोजी गर्नु पर्ने बताए ।

यो सडक लिपुलेख पुगिसके पछि चीनको लाइन अफ कन्ट्रोल बिन्दु सम्म पुग्न भारतीय सेनालाई सहज भएको र लिपुलेख भन्ज्याङ त्रीदेशीय बिन्दु भएको भन्नु सरासर गलत भएको श्रेष्ठले बताए । आफ्नो सम्पूर्ण भूभाग माथि भारतले हेर्दा हेर्दै हत्याउनुले नेपाल सरकारले टुलुटुलु हेरेर बस्न नहुने बताए ।

नेपालको लालपूर्जा भएरको जमिन कसरी त्रीदेशीय विन्दु हुन्छ ? श्रेष्ठले प्रश्न गर्दै लिम्पियाधुरा नै त्रीदेशीय बिन्दु भएको बताए । नेपाललाई सुँइको सम्म नदिएर नेपालको स्वाधिन्तामाथि आघात पु¥याएको, सन् २०१५ देखि ५२० करोड रुपया छुट्याएर भारतले उत्त सडक बनाएको, यतिका वर्ष सम्म नेपाल सरकारले थाह नपाउनु र नेपाललाई कुनै जानकारी नै नदिएर उल्टै नेपाली जमिन हडप्नु दुखद भएको बताए ।

लिम्पियाधुराबाट निस्कीएको नदिलाई सुगौली संन्धीमा स्पष्ट काली नदि हो भनेर किटान गरिएको छ । त्यो नदि यताको ३७२ वर्गकिलोमिटर भुभागलाई भारतले अकुपाई गरेर राखेको छ । जुन नेपालीको लालपुर्जा सहितको जमिन हो । काली नदी पूर्वको सम्पूर्ण भूभाग नेपालको हो, यतिका वर्ष सम्म नेपाल सरकारले किन ध्यान दिएन ?

विश्व कोरोना भाइरसको महामारीमा परिरहेको बेला भारतको यस्तो हर्कतले नेपाली जनतालाई पीरोली रहेको छ । परराष्ट्रमन्त्रालयले विज्ञप्ती निकालेर केहि हुनेवाला छैन । सरकारले कुटनैतिक रुपमा बाध्य भएर कुरा गर्नु पर्छ र उसले अकुपाई गरेर राखेको त्यो सम्पूर्ण भूभाग फिर्ता गर्नु पर्छ ।

नेपाल सरकार सुतेर बस्नु पर्ने बेला नभएको भन्दै श्रेष्ठले उत्त भूभागको सबै प्रमाण नेपालसंग हुदा हुदै पनि सरकारले खुट्टा कमाउन नहुने बताए ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda