विकृति विरुद्ध नलडेसम्म रुढीवादको अन्त्य नहुने : विश्वकर्मा

विकृति विरुद्ध नलडेसम्म रुढीवादको अन्त्य नहुने : विश्वकर्मा image

दैलेख । समाजमा रहेका विभिन्न विकृति, विसङ्गति विरुद्ध नलडेसम्म रुढीवादको अन्त्य नहुने नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य बजिरसिह विश्वकर्माले बताएका छन् । समाजको हेपाहा प्रवृति र विकृतिको सिकार बनाइएका समुदाय सचेत र संगठीत नभए सम्म यसले जरागाडेर बस्ने उनको दावी छ ।

नेपाल क्रान्तिकारी महिला संघ आठबीस नगरपालिका वडा नं. ९ ले छेपाडीमा आयोजना गरेको ११० औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा उनले यस्तो विचार व्यक्त गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका विश्वकर्माले आफ्नो हक अधिकारका लागि गाउँ गाउँमा नेक्रामसंघले खेलेकाे भुमिकाकाे प्रसंसा समेत गरे ।

कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष धनवहादुर सिजापतिले नेपाली समाजमा रहेका विभिन्न अमानवीय क्रियाकलाप विरुद्ध नेक्रामसंघ सक्रिय भएर लाग्नु पर्ने बताए । शिक्षक दलबहादुर सिजापतिले समाजमा खराव चालचलनले जरा गाडेर बसेकाले यसको अन्त्यका लागि रचनात्मक कार्य गरेर सबै जागरुक बन्नु पर्ने बताए ।

त्यस्तै मानिसका असावधानीका कारण समाजले ठूलो क्षेति बेहोर्नु पर्ने हुँदा विश्वमा फैलिएको कोरोना भाइरस र यसको संक्रमणबाट बच्नु पर्ने नेक्राशिसंघ दैलेखका सचिव डा. कृपाराम विश्वकर्माले बताए ।

नेक्रामसंघ ९ नं. वडाका अध्यक्ष धनसरा कामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य कलम बडुवाल, महिला सदस्य देउधरी कामीलगायत शिक्षक, विद्यार्थी, महिला, किसानको सहभागिता रहेको थियो ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda