विगत केही महिनादेखि बन्द भएका चीनका चलचित्र भवन धमाधम खुल्न थाले

विगत केही महिनादेखि बन्द भएका चीनका चलचित्र भवन धमाधम खुल्न थाले

एजेन्सी । विश्व यतिबेला कोरोना भाइरसको महामारीमा तड्पीरहेकाे छ । चीनको वुहानबाट सुरु भएको याे भाइरस विश्वमा महामारीरूपमा फैलिरहेकाे छ । तर चीनमा भने याे भाइरस नियन्त्रणमा आउदै छ ।

 

विगत केही महिनादेखि बन्द भएका चीनका चलचित्र भवनहरु पनि खुल्न थालेका छन ।विश्व बजारमा दा्स्रो ठुलो बक्स अफिस मानिने चीनका करिब ६ सय भन्दा बढी हल संचालनमा आएको सञ्चारमाध्यामहरुले जनाएका छन ।

हल संचालनमा आएसँगै संचालकले भवनहरुमा ‘अवतार, इसेप्सन, एभेन्जर्स, वुल्फ वारियर, वुल्फ टोटेम’ जस्ता चलचित्रहरु रिलिज गर्ने तयारी गरिरहेका छन् । चीनमा चलचित्र रिलिज हुँदा ५१ प्रतिशत शेयर हल संचालकले पाउँछन् ।

वितरक वा शेयर होल्डर्सको ४३ प्रतिशत र सरकारलाई ६ प्रतिशत कर तिर्नुपर्ने त्यहाँ अहिले चलचित्र रिलिज गर्दा सबै शेयर हल संचालकलाई नै दिने चीनले तयारी गरिरहेकाे छ ।

 


Thali Mobile Pvt.Ltd.