भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

विदेशबाट फर्केकाहरु क्वारेन्टाइनमा नबस्दा गाउँमा त्रास

विदेशबाट फर्केकाहरु क्वारेन्टाइनमा नबस्दा गाउँमा त्रास

काठमाडौं । कोरोना भाइरसको त्रासका कारण भारतका विभिन्न स्थानबाट गाउँ फर्किएकाहरु सेल्फ क्वारेन्टाइनमा नबसेको स्थानीयले गुनासाे गरेका छन् । भारतमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएकोले मजदुरी गर्न त्यहाँपुगेका नेपाली गाउँ फर्किएका छन् ।

पश्चिम नेपालका अधिकाँस मानिस रोजगारीका शीलशीलामा भारत पुगेको र त्यहाँबाट फर्किएकाहरु संक्रमणको जोखिम भएपनि उनीहरु क्वारेन्टाइनमा नबसिदिँदा गाउँ गाउँमा समस्या पैदा भएको छ ।

हालसालै भारतको कुल्लु मनाली, सिम्लालगायतका क्षेत्रबाट फर्किएकाहरु दैलेख, अछाम, कालिकाेट, जुम्ला, हुम्ला, जाजरकाेटलगायतका विभिन्न स्थानमा पुगेको तर क्वारेन्टाइनमा नवसेको र स्थानीय वडामा पनि क्वारेन्टाइन नहुदा समस्या भएको त्यहाँका स्थानीयले गुनासो गरेका छन् ।

यता सरकारले भारतसँगको सीमानाका बन्द गर्नुअघिसम्म भारतबाट करीब २०० जनाको हाराहारीका मानिस तारकेश्वरमा फर्किएको तारकेश्वर गाउँपालिकाका प्रमुख रमेश वस्तीले जानकारी दिएका छन् ।

भारतसहित अन्य मुलुकबाट हालै घर फर्किएकाहरु क्वारेन्टाइनमा बस्नुपर्ने भएपनि नबसेको गुनासो आएको भन्दै यसविषयमा गाउँपालिका गम्भीर रहेको उनले बताए ।

‘गाउँ फर्किएकाहरु क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने भएपनि नबसेको गुनासो आएको छ, हामीले रोग लागेका नै मान्छे आएका भन्न खोजेका होइन तर सम्बन्धितलाई सावधानी अपनाउन भनेका छौं’, उनले भने, ‘सम्झाइ बुझाइ गरिरहेका छौं तैपनि उहाँहरु क्वारेन्टाइनमा नबसेकाले अब कसरी अघि बढ्ने भन्नेमा हामी छलफलमा छौं ।’

कतार एयरलाइन्सको बिमानबाट आउनेमा तारकेश्वरका एक युवा पनि रहेको आफूले जानकारी पाएको भन्दै वस्तीले उनीसँग सम्पर्कको पटक पटक प्रयास गरेपनि सम्भव हुन नसकेको बताए ।

त्यस्तै कतार एयरलाइन्सको विमानमा आउने भक्तपुर इटाछे सहिदस्मृती खेलमैदानका एक नेपाली पनि क्वारेन्टाइनमा नवसेको स्थानीयले गुनासो गरेका छन् । कोरोनाको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेको छ ।

तर विदेशवाट आएकाहरु खुलेआम हामीलाई केहि हुदैन भन्दै घुमिरहेको धेरै गुनासो आउने गरेको छ । स्थानीय सरकार यसविषयम गम्भिर बन्नु पर्नेमा लापरवाही गरिरहेको स्थानीय नागरिकले गुनासो गरिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.