काठमाडौं । कोरोना भाइरसको त्रासका कारण भारतका विभिन्न स्थानबाट गाउँ फर्किएकाहरु सेल्फ क्वारेन्टाइनमा नबसेको स्थानीयले गुनासाे गरेका छन् । भारतमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएकोले मजदुरी गर्न त्यहाँपुगेका नेपाली गाउँ फर्किएका छन् ।
पश्चिम नेपालका अधिकाँस मानिस रोजगारीका शीलशीलामा भारत पुगेको र त्यहाँबाट फर्किएकाहरु संक्रमणको जोखिम भएपनि उनीहरु क्वारेन्टाइनमा नबसिदिँदा गाउँ गाउँमा समस्या पैदा भएको छ ।
हालसालै भारतको कुल्लु मनाली, सिम्लालगायतका क्षेत्रबाट फर्किएकाहरु दैलेख, अछाम, कालिकाेट, जुम्ला, हुम्ला, जाजरकाेटलगायतका विभिन्न स्थानमा पुगेको तर क्वारेन्टाइनमा नवसेको र स्थानीय वडामा पनि क्वारेन्टाइन नहुदा समस्या भएको त्यहाँका स्थानीयले गुनासो गरेका छन् ।
यता सरकारले भारतसँगको सीमानाका बन्द गर्नुअघिसम्म भारतबाट करीब २०० जनाको हाराहारीका मानिस तारकेश्वरमा फर्किएको तारकेश्वर गाउँपालिकाका प्रमुख रमेश वस्तीले जानकारी दिएका छन् ।
भारतसहित अन्य मुलुकबाट हालै घर फर्किएकाहरु क्वारेन्टाइनमा बस्नुपर्ने भएपनि नबसेको गुनासो आएको भन्दै यसविषयमा गाउँपालिका गम्भीर रहेको उनले बताए ।
‘गाउँ फर्किएकाहरु क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने भएपनि नबसेको गुनासो आएको छ, हामीले रोग लागेका नै मान्छे आएका भन्न खोजेका होइन तर सम्बन्धितलाई सावधानी अपनाउन भनेका छौं’, उनले भने, ‘सम्झाइ बुझाइ गरिरहेका छौं तैपनि उहाँहरु क्वारेन्टाइनमा नबसेकाले अब कसरी अघि बढ्ने भन्नेमा हामी छलफलमा छौं ।’
कतार एयरलाइन्सको बिमानबाट आउनेमा तारकेश्वरका एक युवा पनि रहेको आफूले जानकारी पाएको भन्दै वस्तीले उनीसँग सम्पर्कको पटक पटक प्रयास गरेपनि सम्भव हुन नसकेको बताए ।
त्यस्तै कतार एयरलाइन्सको विमानमा आउने भक्तपुर इटाछे सहिदस्मृती खेलमैदानका एक नेपाली पनि क्वारेन्टाइनमा नवसेको स्थानीयले गुनासो गरेका छन् । कोरोनाको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेको छ ।
तर विदेशवाट आएकाहरु खुलेआम हामीलाई केहि हुदैन भन्दै घुमिरहेको धेरै गुनासो आउने गरेको छ । स्थानीय सरकार यसविषयम गम्भिर बन्नु पर्नेमा लापरवाही गरिरहेको स्थानीय नागरिकले गुनासो गरिरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, ६ जेठ । संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ । बैठकको कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् नियमावली, २०७९ को...
काठमाडौं, ३ जेठ । सगरमाथा संवाद २०२५ को दोस्रो दिन आज (शनिबार) काठमाडौंमा जलवायु परिवर्तन र दिगो विकासका मुद्दाहरूमा केन्द्रित ९ वटा छलफल सत्र सञ्चालन हुँदैछन्। बिहान ९:०० बजेदेखि...
मध्यपुरथिमि, ३१ चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि निरन्तर रहने भएको छ। यस वर्ष स्थानीय २८ वर्षीय...
काठमाडौं, ३० चैत । विसं २०८१ नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा उत्साहजनक रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा ४६ करोड ८० लाख (ग्रस) को...