४ जेष्ठ २०७७ काठमाडौं । नेपालमा पहिलो कोरोनाबाट संक्रमित व्यक्ति सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको पशुपतिस्थित विद्युतीय शव दाह गृहमा अन्त्यष्टि गरिएको छ ।
सुत्केरी भएको ९ दिनेमा उनी स्वास्प्रश्वासबाट ग्रसित भइन् उपचारका लागि अस्पताल पुगिन् । अस्पतालले स्वाब नमूना लियो । शंकासपद स्वाव भएकाले दोहोर्याएर परीक्षण ग¥यो । फेरी पनि परिक्षण गर्दा कोरोनाकै कारण मृत्यु भएको पुष्टि भयो ।
स्वास्थ्य मन्त्रालयले शनिबार राति उनको मृत्यु कोरोनाबाट भएको पुष्टि गर्दै यस रोगबाट मृत्यु हुने उनी पहिलो नेपाली भएको जानकारी दियो । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका वार्ड नम्बर ९ राम्चे घर भएकी उनी लकडाउनको बेला नियमित जाँचका लागि काठमाडौंको टोखामा बसेको खुलेको छ ।
चैत ११ गतेबाट लकडाउन घोषणा गरेपछि उनी टोखा नगरपालिका–९ गोंगबुस्थित डेरामा बस्दै आएकी थिइन् । एक जना बैशाख २३ गते गोंगबुदेखि हिँडेरै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेकी उनी २४ गते अस्पतालमै बच्चा जन्माएकी थिइन् ।
सुत्केरी भएपछि सिन्धुपाल्चोक जानुअघि उनी काठमाडौं टोखास्थित आफन्तकहाँ पुगेको आफन्तले जनाएका छन् । उनी पुगेको टोखाको सो घर शनिबार राती देखि सिल गरिएको छ । २५ वैशाखमा उनलाई एम्बुलेन्सबाट बाह्रविसे नगरपालिकाको वडा नम्बर ९ राम्चेमा रहेको घर लगिएको थियो ।
सिन्धुपाल्चोक पुगेदेखि नै उनलाई ज्वरो आइरहेको जनाइएको छ । सुत्केरीका कारण हुनसक्छ भनेर सामान्य रुपमा लिइयो । तर दुईदिनसम्म पनि ज्वरो कम भएन । ठिक नभएपछि उनलाई घर नजिकैको प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो।
त्यहाँ उपचार सम्भव नभएपछि धुलिखेल रिफर गरिएको थियो । बिहीबार बेलुका धुलिखेल अस्पताल पुर्याएर उपचार सुरु गर्न नपाउँदै महिलाको मृत्यु भएको अस्पतालले जानकारी दियो । ‘स्वास फेर्न कठिन, खोकी लाग्ने र बोली समेत बसेको अवस्थामा हतारहतार उपचार शुरु गरियो तर उपचार पुरा हुन नपाउँदै उनको मृत्यु भयो ।
बिहीबार राती नै मृत्यु भएको भएपनि अस्पतालले उनको स्वाव निकालेर पुन परीक्षण गरेको थियो । धुलिखेल अस्पतालमै गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएपछि फेरि यकिन गर्नको लागि स्वाव राष्ट्रिय जनस्वास्थ प्रयोगशाला टेकु पठाइको थियो ।
टेकु अस्पतालको ल्याबले पनि कोरोना पोजिटिभ रिपोर्ट दिएपछि स्वास्थ्य मन्त्रालयले शनिबार राती विज्ञप्ती जारी गरेरउनको कोरोनाको कारण नेपालमा पहिलो मृत्यु भएको पुष्टी ग¥यो । अहिले उनको माइती गाउँ भट्टे र राम्चे दुबै क्षेत्र सिल गरिएको छ ।
यता ती महिलामा कहाँबाट कोरोना सर्यो भन्ने कुरा केही खुल्न सकेको छैन । वागमती प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा सिन्धुपाल्चोक जिल्लामा आवात जावतमा रोक लगाएको छ ।सामाजिक विकास मन्त्री सरद दुलालले दुई वटा गाउँ सिल गरिएको बताए ।
यता टोखा नगरपालिकाका केही क्षेत्र पनि सिल गरिएको छ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी उनी अस्पतालबाट डिस्चार्ज भई टोखा पुगेको खुलेसँगै सिल गरिएको नगरपालिकाले जनाएको छ । नेपालमा अहिले सम्म कोरोना संक्रमितको संख्या २९१ पुगेको छ । थप १० जनामा संक्रमण पुष्टी भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, ६ जेठ । संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ । बैठकको कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् नियमावली, २०७९ को...
काठमाडौं, ३ जेठ । सगरमाथा संवाद २०२५ को दोस्रो दिन आज (शनिबार) काठमाडौंमा जलवायु परिवर्तन र दिगो विकासका मुद्दाहरूमा केन्द्रित ९ वटा छलफल सत्र सञ्चालन हुँदैछन्। बिहान ९:०० बजेदेखि...
मध्यपुरथिमि, ३१ चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि निरन्तर रहने भएको छ। यस वर्ष स्थानीय २८ वर्षीय...
काठमाडौं, ३० चैत । विसं २०८१ नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा उत्साहजनक रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा ४६ करोड ८० लाख (ग्रस) को...