भर्खरै : Sorry, your browser does not support inline SVG.
पोखरा महानगरका अधिकृत विरुद्ध घुस प्रकरणमा विशेष अदालतमा मुद्दा | कक्षा १२ को परीक्षा यथासमयमै, बोर्डको निर्णयः आन्दोलनबीच परीक्षा रोकिँदैन | सुपारी आयातमा ह्वात्त वृद्धि, निर्यात शून्य जस्तै, आयात ५८ करोड, निर्यात जम्मा १८ हजार रुपैयाँ बराबर | युक्रेनी समकक्षीसँग द्विपक्षीय वार्ता गर्न तयार रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सङ्केत | ३ जना बालबालिका धनुषामा मृत भेटिए | रत्नचूड पर्वतको पवित्र काखमा १०८ फिटको महादेव मूर्ति निर्माणः शिव पुराण ज्ञान महायज्ञको भव्य आयोजना | लामो समय विद्यालय बन्द हुँदा विद्यार्थी कुलतमा | कर्णालीको तेस्रो त्रैमासिक समीक्षा : विकास बजेटको २०% मात्र खर्च |

स्वास्थ्य माथि नै खेलवाड, स्वास्थ्य सामाग्री नहुँदा स्वास्थ्य चौकीमा समस्या

स्वास्थ्य माथि नै खेलवाड, स्वास्थ्य सामाग्री नहुँदा स्वास्थ्य चौकीमा समस्या image

१३ बैशाख २०७७, भोजपुर । हतुवागढी गाउँपालिकाका एक युवकलाई कोरोनाभाइरस संक्रमित पुुष्टि भएको ४० घण्टा बितिसक्दा पनि उपचारका लागि अस्पताल नपठाएर उनको स्वास्थ्यमाथि नै खेलबाड भएको छ ।

शुक्रबार उनलाई कोरोना अस्पताल विराटनगर पठाउने तयारी गरिएपनि कोरोना संक्रमित पुरुषका परिवार र उनको सम्पर्कमा रहेकाहरुको स्वाव लिने काम निकै ढीलो गरि चलेको थियो । सरोकारवाला निकासंगको समन्वयमा ढिलाहुदा लिन नसकिएको हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईको भनाई छ ।

गत ३० फागुनमा साउदीबाट काठमाडौं हुँदै चैत्र ११ गते भोजपुरको होम्ताङस्थित घर पुगेका उनको ९ वैशाखमा आरडीटी रिपोर्टमा पोजिटिभ देखिएको थियो । उनको धरानमा भएको पीसीआर परीक्षणमा पनि पोजेटिभ नै देखिएको थियो ।

कच्ची बाटो र हिडेर जानुपर्ने भएकाले स्वाव लिन ढिलाई भएको र स्वास्थ्य चौकी पग्न कठिन भएको स्वास्थ्य चौकीको भनाइ छ । ढिलै भएपनि उनका परिवार र आफन्तका ८ जना र भलिवल खेलेका र सँगै खाएकाहरु ६ गरी १४ जनाको स्वाव लिइएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।

स्वास्थ्य सामाग्री नहुँदा समस्या भएको स्वास्थ्य चौकी इन्चार्जले बताएका छन् । व्यक्तिगत सुरक्षाको लागि आवश्यक सामग्री गाउँपालिकामा नभएपछि समस्या भएको हो । मास्क, पिपिई लगायतका सामगी २ देखि ३ दिनसम्म धुदै लगाउनुपर्ने बाध्यता रहेको प्राथमिक स्वास्थ्य केन्द्रका ल्याव एसिस्टेन्ट उमेश राईको भनाई छ ।

गाउँपालिकामा थर्मल गन, मास्क समेत पर्याप्त छैन । जिल्ला स्वास्थ्य कार्यालय र प्रदेश सरकारले समेत स्वास्थ्यकर्मीलाई आवश्यक व्यक्तिगत सुरक्षाका समाग्री उपलब्ध गराउन नसकेको उनको जिकिर छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.