भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

१२० दिनको लकडाउन खुल्यो

१२० दिनको लकडाउन खुल्यो

६ साउन २०७७ काठमाडौं । कोरोना भाईरसका कारण सरकाले लागु गरेको १२० दिन लामो लकडाउन अन्त्य गरेको छ ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले मंगलबार मध्यरातिदेखि लागु गर्ने गरी अन्त्य गरेको हो । चैत्र ११ गतेबाट लागु गरेको लकडाउन खुल्ला गरेपनि केही क्षेत्रहरु भने बन्द नै रहने छन् ।

सरकारले मानिसहरु अत्याधिक भेला हुने स्थानहरुमा भने प्रतिबन्द कायमै राखेको छ । आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लक डाउन खुला गर्ने निर्णय भएको संचारमन्त्री युवराज खतिवडाले बताए । लक डाउन खुलेपनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गर्न सकिने उनको भनाइ छ ।

हेर्नुहाेस् भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/1180161125652669/

प्रतिबन्धित विषय
होटल तथा रेष्टुरेन्टहरु साउन १५ बाट मात्रै खुल्ला हुनेछ भने आन्तरिक तथा बाह्य हवाई तथा लामो–छोटो दुरीका यातायात पनि भदौं १ गतेबाट मात्रै संचालनमा ल्याउन पाइने गरी खुल्ला गरेको छ । शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खानाहरु खुल्न पाउने छैन ।

 


Thali Mobile Pvt.Ltd.