भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

५० अर्ब बढी जरिवाना तिर्दै एप्पल

५० अर्ब बढी जरिवाना तिर्दै एप्पल

उपभोक्ताको अनुमति बिना नै आइफोनहरूलाई स्लो गरेको आरोपमा एप्पललाई चर्को जरिवाना परेको छ । यो जरिवाना एप्पलले ५० करोड अमेरिकी डलर अर्थात नेरु ५० अर्ब भन्दा बढी तिर्नु पर्ने भएको हो । सन् २०१६ मा आइफोन सिक्सका उपभोक्ताले आफ्नो नयाँ आइफोन प्रयोग गर्दा गर्दै बन्द हुने गरेको व्यापक गुनासो गरेपछि यी गुनासोलाई मध्यनजर गर्दै एप्पलले नयाँ अपडेट निकालेको थियो ।

नयाँ आइफोन सिक्स एस लगायतका अन्य मोडलहरूलाई आफैं बन्द हुनबाट रोकेको थियो । उक्त अपडेटले उल्टै आइफोनहरूलाई उपभोक्ताको अनुमति बिना नै स्लो गरेको भेटियो । सन् २०१७ को डिसेम्बरमा एप्पलले पुराना आइफोनहरूलाई स्लो गर्दै आएको कुरालाई स्वीकार गरेको थियो ।

नयाँ आइफोन खरिद गर्नलाई प्रोत्साहन गर्नका लागि पुराना आइफोन स्लो गराएको आरोप लगाउँदै थुप्रै प्रयोगकर्ताहरूले एप्पल विरुद्ध उजुरी गरेका थिए । सो उजुरीहरूको टुंगो लगाउँदै एप्पलले न्यूनतम ३१ करोड डलर र अधिकतममा ५० करोड अमेरिकी डलर तिर्नु पर्ने भएको हो ।

आइफोन सिक्स, सिक्स प्लस, सिक्स एस, सिक्स एस प्लस, सेभेन, सेभेन प्लस र एस इ का प्रयोगकर्ताहरूले एप्पलबाट २५ डलर बराबरको रकम फिर्ता पाउने रिउटरसले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.