उपभोक्ताको अनुमति बिना नै आइफोनहरूलाई स्लो गरेको आरोपमा एप्पललाई चर्को जरिवाना परेको छ । यो जरिवाना एप्पलले ५० करोड अमेरिकी डलर अर्थात नेरु ५० अर्ब भन्दा बढी तिर्नु पर्ने भएको हो । सन् २०१६ मा आइफोन सिक्सका उपभोक्ताले आफ्नो नयाँ आइफोन प्रयोग गर्दा गर्दै बन्द हुने गरेको व्यापक गुनासो गरेपछि यी गुनासोलाई मध्यनजर गर्दै एप्पलले नयाँ अपडेट निकालेको थियो ।
नयाँ आइफोन सिक्स एस लगायतका अन्य मोडलहरूलाई आफैं बन्द हुनबाट रोकेको थियो । उक्त अपडेटले उल्टै आइफोनहरूलाई उपभोक्ताको अनुमति बिना नै स्लो गरेको भेटियो । सन् २०१७ को डिसेम्बरमा एप्पलले पुराना आइफोनहरूलाई स्लो गर्दै आएको कुरालाई स्वीकार गरेको थियो ।
नयाँ आइफोन खरिद गर्नलाई प्रोत्साहन गर्नका लागि पुराना आइफोन स्लो गराएको आरोप लगाउँदै थुप्रै प्रयोगकर्ताहरूले एप्पल विरुद्ध उजुरी गरेका थिए । सो उजुरीहरूको टुंगो लगाउँदै एप्पलले न्यूनतम ३१ करोड डलर र अधिकतममा ५० करोड अमेरिकी डलर तिर्नु पर्ने भएको हो ।
आइफोन सिक्स, सिक्स प्लस, सिक्स एस, सिक्स एस प्लस, सेभेन, सेभेन प्लस र एस इ का प्रयोगकर्ताहरूले एप्पलबाट २५ डलर बराबरको रकम फिर्ता पाउने रिउटरसले बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । नेपालले पछिल्ला दुई दशकमा दूरसञ्चार क्षेत्रमा अद्वितीय फड्को मारेको छ। टु–जीबाट सुरु भएको प्रविधिको यात्रा अहिले फोर–जीमार्फत देशका ७७ वटै जिल्लामा फैलिइसकेको छ र अब नेपाल फाइभ–जीको...
काठमाडौँ, २७ चैत । टिकटकले ‘टिकटक फोर आर्टिस्ट्स’ नामको नयाँ प्लेटफर्म सुरु गरेको छ। यो प्लेटफर्मले कलाकारहरूलाई आफ्नो करियर निर्माणमा सघाउने लक्ष्य राखेको छ। कलाकारहरूलाई आफ्ना गीतहरूको प्रचार गर्ने...
भक्तपुर । उच्च शिक्षा अध्यन गर्नबाट बञ्चित हुन नपरोस् भनेर भक्तपुर नगरपालिकाले विद्यार्थीलाई शैक्षिक ऋण प्रदान गरेको छ । आर्थिक वर्ष २०८१, ०८२ का लागि नगरभित्रका १५१ जना विद्यार्थीहरूलाई...
काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता भएको छ ।टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भइसकेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले बताए । टिकटक...