DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

९५ हजार मानिस नेपाल भित्रीएपछि सीमा बन्द गर्ने निर्णय

९५ हजार मानिस नेपाल भित्रीएपछि सीमा बन्द गर्ने निर्णय image

धनगढी । भारतीय नाकाबाट ९५ हजार मानिस नेपाल आएका छन् । कञ्चनपुर गड्डाचौकी नाकाबाट ६३ हजार १ सय ७६ र कैलालीको गौरीफन्टा नाकाबाट ३१ हजार ६ सय ५४ जना भित्रिएको क्वारेन्टाइन कार्यालयले जानकारी दिएको छ ।

नेपाल आउने र जानेहरूको परीक्षण गरिरहेका स्वास्थ्यकर्मीले कञ्चनपुरको गड्डाचौकीमा नेपाल आउनेको भीडले गर्दा स्वास्थ्य परीक्षणमा समस्या परेको बताएका छन् । भारतमा कर्फ्यु लागेपछि नेपाल आउनेहरूको संख्यामा अहिले कमी आएको बताईएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नेपाल भारत सीमा क्षेत्रमा बढी चहलपहल भएको भन्दै ११ गते देखि सीमा बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.