भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

अछाम पहिरोमा एकै परिवारका तीन जनाको मृत्यु

अछाम पहिरोमा एकै परिवारका तीन जनाको मृत्यु

अछाम । अछाममा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पहिरोमा परेर एक जना घाइते भएका छन् । गएराति अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुका अमर विष्टको घर पहिरोले पुरिँदा १५ वर्षका संविधान विष्ट, अन्दाजी २५ र २६ वर्षका वीरेन्द्र विष्ट र ४५ वर्षकी हरिकला विष्टको ज्यान गएको हो । घटनामा ६५ वर्षकी नैना विष्ट घाइते भएकी छन् ।

उनको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घरभित्र सुतेरहेको अवस्थामा राती करिब १२ बजेतिर घरमाथिबाट आएको पहिरोले घर भत्किएपछि एकै कोठामा रहेका विरेन्द्र र संविधान कोठामै पुरिएर मृत्यु भएको हो । तीन तलाको १० कोठा रहेको घर भत्किएसँगै आठ बाख्रा च्यापिएर मरेका छन्।

 


Thali Mobile Pvt.Ltd.