भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

अमेरिकामा एक नेपालीको शवले देश खोजिरहेछ

अमेरिकामा एक नेपालीको शवले देश खोजिरहेछ

८ बैशाख २०७७ अमेरिका । कोरोनाको संक्रमणबाट मृत्यु भएका बिष्णुकुमार राईको शवले यतिबेला नेपाल देश खोजीरहेको छ । बिष्णुकुमारको निधन भएको खबर दुई हप्तापछि मात्रै थाहा भएको नेपाली समुदाय यतिबेला दुखित भएको छ । न्यूयोर्कमा रहेको नेपाली समुदाय त्यतिबेला आक्रान्त भएको छ ।

बिष्णुकुमार राईको शव बुझ्ने मान्छे नभएपछि दुखित भएको नेपाली समुदायले संचारमाध्यममा समाचारमा आएपछि मात्रै थाहा पाएका थिए । आफन्त कोही नहुनु, रोगले च्यापिरहनु र थला परुन्जेल अस्पतालसमेत देख्न नपाई घरभित्रै नेपालीको मृत्यु हुनुले न्यूयोर्कबासी नेपालीे निकै दुखित भएका हुन ।

बिष्णुकुमारले संसार छाडेको खबर न त उनको परिवारले थाहा पायो नत उनका आफन्तले नै थाहा पाए । अमेरिकामा उनको मृत्युपश्चात सोधखोज गर्ने मान्छेसम्म कोही नहुँदा कर्मचारीले विवरण संकलन गरी शव सरकारलाई जिम्मा लगाएका छन् ।

संचारकर्मीको जानकारी अनुसार कोरोना संक्रमण भएपछि उनी अस्पतालमा उपचारका लागि पुगेका रहेछन् । उनको मृत्यले अहिले आफन्त र आफ्नो देश नेपाल खोजिरहेछ। परिवार, आफन्त र राम्रो जीवन जीउन जीवित हुँदासम्म अमेरिकी सपनाले दिनरात नभनि बिष्णुलाई दौडाइरेको रहेछ ।

वर्षौपहिले अमेरिका पुगेका उनी पछिल्ला दिनमा प्राय अलपत्रजस्तै रहेछन् । कामपनि छाडिसकेका उनले जीवन जिउने मदानी समेत घोल्न छाडिसकेका रहेछन् । परदेशी मुलुकमा पसेका २७ वर्षयी उनी संसारबाट विदा त भए तर उनको विदाइले अहिले अमेरिकामा रेहेका नेपालीलाई नयाँ पाठ सिकाएको छ ।

काठमाडौं बाँसबारीका बासिन्दा भनिए पनि उनी नेपालमा कुन जिल्ला र गाउँमा जन्मिएका हुन् ? उनका साथमा रहेको कागजातमा कुनै जानकारी भेटिँदैन् । २७ मार्चमा संसार छाडेका बिष्णु कुमारको प्राप्त कागजातलाई आधार मान्दा उनको जन्म सन् १९४८ अप्रिल २५ मा भएको हो। वर्क परमिटमा जन्मदेश नेपाल भनेर उल्लेख छ ।

कोराेना कहर : अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४१ हजार नजिक पुगको छ । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लाे तथ्यांक अनुसार त्यहाँ ४० हजार ६ सय ६१ जनाको ज्यान गइसकेको छ भने सङ्क्रमित हुनेहरूको संख्या साढे सात लाखभन्दा बढी छ ।

अमेरिकामा सबैभन्दा बढी मृत्यु न्यूयोर्क राज्यमा भएको छ । ज्यान गुमाउनेमध्ये करिब १४ हजार ५०० न्यूयोर्कमा छन् । आइतवार राष्ट्रपति डोनल्ड ट्रम्पले ४० लाखभन्दा बढी अमेरिकीहरूको परीक्षण गरिसकिएको र परीक्षण तीव्र गतिमा अगाडि बढाइएको बताएका छन् । उनले नियमित पत्रकार सम्मेलनमा बोल्दै भनेका छन् । ‘परीक्षणमा कुनै पनि देश हामी नजिक छैन ।’ यसैबीच कोरोनाभाइरसको विश्वव्यापी सङ्क्रमण २४ लाख नाघेको छ ।

विश्वभर मृत्यु हुनेको संख्या १ लाख ५६ हजार भन्दा बढी छ । मृत्युका हिसाबले अमेरिकापछि सबैभन्दा बढी प्रभावित इटली छ । त्यहाँ २३,६६० ले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाएको छ । इटलीमा सङ्क्रमितहरूको संख्या १७८,९७२ पुगेको छ । त्यस्तै युरोपको दोस्रो सबैभन्दा बढी प्रभावित मुलुक स्पेनमा १९६,६६४ सङ्क्रमित छन् । त्यहाँ २० हजार चार सय ५३ जनाले ज्यान गुमाइसकेका छन् । स्पेनपछि फान्समा १९ हजार ७ सय १५ जनाको ज्यान गएको छ भने संक्रमितको संख्या १ लाख ५४ हजार ९७ रहेको छ ।