काठमाडाै । काेराेना संक्रमणबाट अमेरिकामा अर्को एक जना नेपालीकाे मृत्यु भएकाे छ । न्यूयोर्कमा बस्दै आएका ४४ बर्षिय पवनकुमार मल्लको मृत्यु भएको हाे ।
बिगत ३ हप्तादेखी बिरामी रहेका मल्लको न्यूयोर्क उडसाइडस्थित आफ्नै निवासमा बुधवार बिहान मृत्यु भएको जनाइएकाे छ। काेिभड – १९ का बिरामी पवनकुमार उपचारका लागि केहीदिन पहिले अस्पताल पुगेका थिए ।
तर अस्पतालले ठाँउ नभएको भन्दै भर्ना लिन नमाने पछि घर मै निधन भएकाे अमेरिकामा बस्दै आएकी पद्यमा प्रधानले जानकारी दिइन् । सन् २०१२ मा अमेरिका पुगेका मल्लले न्यूयोर्कमा ग्रिन क्याब नामक ट्याक्सी चलाने काम गर्थे ।
मल्लका एक श्रीमती र दुई छोरी नेपालमा छन् । हालसम्म अमेरिकामा पाँच सय भन्दा बढी संक्रमित भएको जनाइएको छ।