भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

अलपत्र नागरिक बाेकेर वायुसेवा निगमको जहाज अष्ट्रेलिया जाने

अलपत्र नागरिक बाेकेर वायुसेवा निगमको जहाज अष्ट्रेलिया जाने

२३ बैशाख २०७७ काठमाडौं । नेपालमा अलपत्र परेका अष्ट्रेलियन नागरिक लिएर नेपाल वायुसेवा निगमको ए ३३० वाइडबडी जहाज बुधबार अष्ट्रेलिया जाने भएको छ । अष्ट्रेलियन राजदूतावासले निगमको जहाज चार्टर गरी लैजान लागेको हो ।

२ सय ६४ अष्ट्रेलियन नागरिक लिएर दिउँसो साढे १ बजे जहाज उड्ने नेपाल वायु सेवा निगमले जनाएको छ । जाँदा यात्रु लिएर जाने भए पनि फर्कदा जहाज खाली आउने निगमका प्रवक्ता अर्चना खडकाले बताइन ।

जहाज मलेसिया ट्रान्जिट भएर जाने छ भने फर्कदा नेपाल सिधा उडान भर्ने खड्काले बताइन् । काठमाडौंबाट उडेको चार घण्टामा मलेसियाको राजधानी क्वालालम्पुर पुग्ने र त्यहाँ इन्धन भरेर उडेको जहाज करीब आठ घन्टामा अस्टेलियाको सिड्नी पुग्ने छ ।

यस अघि नेपाली दुतावास अष्ट्रेलियाले जहाज खाली नपठाउने बताएका थिए । नेपाल जान चाहनेलाई सोही जहाजमा पठाउने विज्ञप्ती निकालेको थियो । निगमका अनुसार सो जहाज खाली नेपाल आउने छ । निगमको अर्को वाइडबडी जहाज ५:३० मा बेइजिङ जाने छ । निजि क्षेत्रको स्वास्थ्य सामग्री लिन जहाज चीन जाने खड्काले बताइन् ।