भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

आठबीस नगरसरकारलाई गम्भिर बन्न दलहरुको सूझाव

आठबीस नगरसरकारलाई गम्भिर बन्न दलहरुको सूझाव

२६ जेठ २०७७ राकम कर्णाली दैलेख । आठबीस नगरसरकारलाई गम्भिर बन्न र कोरोना उपचारमा लापरवाही नगर्न राजनैतिक दलले बैठक बसेर निर्णय कार्यान्वयन गर्न सूझाव दिएका छन् । नेकपा, नेपाली काँग्रेस र नेपाल मजदुर किसान पार्टी नगर कमिटिको सर्वदलिय बैठक बसि उक्त निर्णय नगरसरकारलाई बुझाएका हुन ।

नेका नगर सभापति अर्जुन बहादुर शाहीको अध्यक्षतामा बसेको बैठकमा नेमकिपाका नगर अध्यक्ष कल बहादुर सिजापति र नेकपाका सिंबहादुर शाहीको पनि उपस्थिति रहेको थियो । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस अहिले नेपालमा उग्ररुप लिदै गैरहेको भन्दै सरोकारवालाले स्थानीय, प्रदेश र संघ सरकारलाई झकझकाउन लागेका छन् ।

कर्णाली प्रदेशको दैलेख जिल्ला पछिल्लो समय कोरोना संक्रमितको सेन्टर बन्दै गैरहेको पनि उनीहरुले बताएका छन् । सर्व दलिय बैठकले समसामयिक बिषयमा छलफल गरी नगर सरकारलाई निर्णयको प्रतिलिपि बुझाएको हो ।

निर्णयको पूर्ण पाठ…nirnay