४ जेष्ठ २०७७ काठमाडौं । कोरोना भाइरसका कारण नेपालमा एक जना सुत्केरी महिलाको मृत्यु भएपश्चात सरकारले लकडाउनलाई निरन्तरता दिने तयारी थालेको छ ।
नेपालमा संक्रमितको संख्या बढ्दै गएपछि लकडाउनलाई निरन्तरता दिने तयारी गरिएको स्रोतले बतायो । सरकारले ठोस निर्णय गर्न प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे डाकेको छ । बैठकमा सीमानाकामा झन कडाइ गरिने एक मन्त्रीले बताए ।
भारतबाट आएर सीमामा अलपत्र परिरहेको सन्दर्भका विषयमा पनि आवश्यक निर्णय हुने बताइएको छ । लकडाउन सुरू भएको ५५ औं दिन सम्ममा २९१ जना संक्रमित पुगेका छन् ।