भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

‘एमसीसी’ परिमार्जन गर्न कार्यदलले दियो प्रधानमन्त्री ओलीलाई दबाव

‘एमसीसी’ परिमार्जन गर्न कार्यदलले दियो प्रधानमन्त्री ओलीलाई दबाव

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता परिमार्जनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी उच्च अधिकारीसँग कुरा गर्ने भएका छन् । पार्टीभित्रैका बहुसंख्यक नेता एमसीसी सम्झौता परिमार्जन गर्नुपर्ने पक्षमा उभिएपछि ओली अमेरिकासंग कुराकानी गर्न लागेका हुन् ।

एमसीसी अध्ययन गर्न बनाएको कार्यदलले परिमार्जन गरेर मात्र अगाडि बढ्न सुझाव दिएपछि नेकपाको केन्द्रीय समिति बैठकले पनि ओलीलाई परिमार्जन नगरि कार्यान्वयन गर्न नहुने सूझाब दिएको स्रोतले बताएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा कार्यदल संयोजक रहेका वरिष्ठ नेता झलनाथ खनालले अध्ययनका निष्कर्ष सुनाएका थिए ।

एमसीसी सम्झौता अनुमोदन गरे देशको स्वाधीनता र सार्वभौमिकतामाथि आँच आउने भन्दै यसलाई परिमार्जन गर्नु पर्ने कार्यदलले निष्कर्ष निकालेको थियो । कार्यदल संयोजक झलनाथ खनालले सम्झौतामा रहेका आपत्तिजनक बुदाका बारेमा बैठकलाई जानकारी गराएका थिए।

नेकपाले एमसीसी अध्ययन कार्यदलको जिम्मा नेता झलनाथ खनाल, भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई दिएको थियो । कार्यदलले २० दिन लगाएर गरेको अध्ययनमा सम्झौता गर्दा त्यसमा त्रुटिपूर्ण प्रावधान भेटिएको प्रतिवेदन प्रस्तुत गरेको थियो ।

अर्थ मन्त्रालयले परराष्ट्रलाई समेत जानकारी नदिई गरेको सम्झौता नेपालको कानुनसँग बाझिएमा ‘न्युयोर्क स्टेट’ को कानुन हाबी हुने आफूहरूले भेटेको भन्दै सम्झौताका केही बुँदा परिमार्जन गर्नुपर्ने कार्यदलले सुझाव दिएको थियो । पार्टीका दुवै अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको प्रतिवेदनमा सम्झौता परिमार्जनका लागि अमेरिकी उच्च अधिकारीसँग संवाद गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.