काठमाडौं । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले करिब ५० लाख थान मतपत्र छपाइ कार्य सकेको छ । हालसम्म करिब ५० लाख थान मतपत्र छपाइ पूरा भएको केन्द्रका प्रवक्ता चित्र आचार्यले बताए ।
केन्द्रले कर्णाली प्रदेशका ८ जिल्लाको मतपत्र छपाइ सकेर आइतबार रातीबाट सुदूरपश्चिम प्रदेशको मतपत्र छपाइ शुरू गरेको छ । कार्तिक २० गतेसम्म केन्द्रले साढे ४ करोड मतपत्र छपाइ गर्ने जनाएको छ ।
निर्वाचन आउन ३४ दिन बाँकी हुँदा केन्द्रले कर्णालीको मतपत्र छाप्न सकेर सुदूरपश्चिमको शुरू गरेको हो । प्रत्यक्षतर्फको फरकफरक उम्मेदवारले पाएका चिह्नको आधारमा मतपत्र छपाइ गरिने आयोगले जनाएको छ ।
सुदूरपश्चिमको छपाइ पूरा गरेपछि आयोगले पठाएको डिजाइनको आधारमा अन्य प्रदेशको मतपत्र छपाइ शुरू गर्ने केन्द्रले जनाएको छ ।