भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

कर्णाली प्रदेशमा पहिलो पटक कोरोना संक्रमणको पुष्टि

कर्णाली प्रदेशमा पहिलो पटक कोरोना संक्रमणको पुष्टि

६ जेठ २०७७, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ३ सय ७५ पुगेको छ । सोमबार एकै दिन ८० जना कोरोनामा संक्रमित पुष्टि भएसगै संक्रमितको संख्या ३ सय ७५ पुगेको हो ।

सरकारले लकडाउन घोषणा गरेको ५७ औ दिनमा पहिलो पटक कर्णाली प्रदेशमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशकाे दैलेखमा पहिलो पटक कोरोना संक्रमण देखिएको हो । नेपालगञ्जको भेरी अस्पतालमा गरेको परीक्षणमा दैलेखको आठबीस नगरपालिका–१ का १ पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

बाँकेको नरैनापुरमा मात्र ५९ जना संक्रमित भेटिएका छन् । रौतहटमा ९, धनुषामा ३, दैलेख, खोटाङ, सुनसरी, झापा, बारा, मोरङ, गुल्मी, दाङ, धादिङमा  कोरोना संक्रमित भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट नेपालमा दुई जनाको मृत्यु भइसकेको छ ।

 


Thali Mobile Pvt.Ltd.