भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

कर्णाली बाहेक अन्य प्रदेशमा काेराेना संक्रमित ? (सूची सहित)

कर्णाली बाहेक अन्य प्रदेशमा काेराेना संक्रमित ? (सूची सहित)

२३ बैशाख २०७७ काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ८२ पुगेको छ । बाँकेको नेपालगञ्जमा सात जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ८२ पुगेको हो ।

मंगलबार भेरी अस्पताल, नेपालगञ्जमा सात जनाको स्वाब परीक्षण रिपोर्ट पोजिटिभ आएको हो ।नेपालगञ्ज– ८ का २२, ३० र ४० वर्षीय पुरुष र ९, ३२, ३४ र ५५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टी भएको छ ।

सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशमा संक्रमण नदेखिए पनि छिमेकी प्रदेशको नजिकै कोरोना संक्रमण बढी रहेकाले सबै नाका सिल गरेको कर्णाली प्रदेशले जनाएको छ । कर्णालीमा अहिले सम्म कोरोना देखिएको छैन ।

कुन प्रदेशमा कति ?
प्रदेश १ मा ३१ जना संक्रमित छन् भने उनीहरुको विराटनगरका अस्पतालमा उपचार भइराखेको छ ।
प्रदेश २ मा १३ जना संक्रमित छन्नी भने उनीहरुको वीरगन्जमा उपचार भइराखेको छ ।
प्रदेश ३ मा संक्रमित भएका ७ जना डिस्चार्ज भएका छन् ।
गण्डकी प्रदेशमा २ जना संक्रमित भएका छन् ।
पाँच नम्बर प्रदेशमा २४ जना संक्रमित छन् ।
सुदूरपश्चिम प्रदेशमा पाँच जना संक्रमित फेला परेका छन् । यसरी संक्रमितको संख्या ८२ पुगेको छ ।

हेर्नुहाेस् भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/935028206941613/?t=9

प्रवक्ता विकास देवकोटाले बताए अनुसार अहिले धनगढी, भरतपुर, रुपन्देहीका एकएकजना, नेपालगञ्ज २३, वीरगन्ज ९, विराटनगर ३१ जनाको उपचार भइराखेको छ । अन्य १६ जना भने निको भएर घर फर्किएका छन् ।