भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

काठमाडौँ महानगरमा भेरोसेल खोप लगाउने काम स्थगित

काठमाडौँ महानगरमा भेरोसेल खोप लगाउने काम स्थगित

काठमाडौँ । काठमाण्डाैं महानगरले ६० देखि ६४ बर्ष उमेर समूहका लागि दिइदै आएको कोभिड विरुद्धको चिनियाँ खोप भेरोसेल भोलिबाट स्थगित हुने  जनाएकाे छ ।  सहरी स्वास्थ्य महाशाखाले आज एक सूचना जारी गर्दै अर्को सूचना नआउञ्जेल खोप स्थगित भएको जानकारी दिएकाे हाे ।

विभागका प्रमुख हरिबहादुर कुँवरले हस्ताक्षर गरेको सूचनामा सूचनामा स्वास्थ्य सेवा विभागलाई उदृत गर्दै भनिएको छ, ‘जिल्लाका लागि छुट्याइएको संख्या सकिएको छ ।’

६० देखि ६४ बर्ष उमेर समूहका व्यक्तिहरु यस अघिको कार्यक्रममा छुटेका जेठ २५ गतेदेखि उनीहरुलाई पहिलो मात्रा दिन थालिएको थियो ।

२५ गते नै वडाहरुलाई अर्को परिपत्र जारी गर्दै, त्यसअघि तोकिएका (६० — ६४ बर्ष उमेर समूह) वाहेक यस अघि खोप लगाउन छुटेका र अहिले विरामीको प्रत्यक्ष सम्पर्कमा रहेका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी, इन्टर्न र अन्डर जव ट्रेनिङमा रहेका नर्सिङ् र प्यारा मेडिक्स तथा यस अघि भेरो सेलको पहिलो मात्रा लगाएर दोस्रो मात्रा छुटेकालाई परिचय पत्रका आधारमा खोप लगाउन अनुरोध गरिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ २४ गतेको पत्र उधृत गर्दै विभागले वडाहरुलाई आग्रह गरेको थियो । तालिकाअनुसार जेठ २६ गते ६३ बर्षका लागि, जेठ २७ गते ६२ बर्षका लागि दिइसकिएको छ । भोलि अर्थात जेठ २८ गते ६१ बर्षका लागि र जेठ २९ गते ६० बर्ष उमेरका व्यक्तिलाई खोप दिने तालिका थियो ।

तालिकाअनुसार ६० र ६१ बर्ष उमेर समूहका व्यक्तिहरु छुट्नेछन् ।

 


Thali Mobile Pvt.Ltd.