भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो

युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो

एजेन्सी, २२ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेन युद्ध अन्त्य गर्ने विषयमा करिब ९० मिनेट लामो टेलिफोन वार्ता भएको छ। वार्तामा युद्धको राजनीतिक समाधान र शान्ति प्रक्रियालाई अघि बढाउने विषयमा छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

समाचारअनुसार ट्रम्पले आउँदो हप्ता टर्कीमा हुने नेटो शिखर सम्मेलनको सन्दर्भमा युक्रेन युद्ध छिटो अन्त्य गर्न अमेरिका सहजीकरणको भूमिकामा रहन तयार रहेको बताएका छन्।

वार्ताका क्रममा राष्ट्रपति पुटिनले युद्धको समाधान राजनीतिक तथा कूटनीतिक माध्यमबाट खोजिनुपर्ने धारणा राख्दै रुसका आधारभूत सुरक्षा चासो र अडानलाई सम्मान गर्ने सहमतिमूलक उपाय आवश्यक रहेको बताएका छन्।

उनले युक्रेन र उसका युरोपेली सहयोगीहरूले द्वन्द्व लम्ब्याइरहेको आरोपसमेत लगाएका छन्।यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि राष्ट्रपति ट्रम्पसँग टेलिफोन संवाद गरेका छन्। जेलेन्स्कीले उक्त वार्तालाई सकारात्मक भएको उल्लेख गर्दै युद्ध अन्त्यका लागि अमेरिकी नेतृत्वको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्।

दुवै पक्षले टर्कीमा हुने नेटो शिखर सम्मेलनका क्रममा थप छलफल गर्ने सहमति गरेको जनाइएको छ। ट्रम्पले अमेरिकी विशेष दूत स्टिभ विटकोफ र जारेड कुशनरले शान्ति पहललाई निरन्तरता दिने तथा आवश्यक परे मस्को भ्रमण गर्न सक्ने संकेत दिएका छन्।

वार्ताका क्रममा राष्ट्रपति पुटिनले ट्रम्पलाई मस्को भ्रमणका लागि औपचारिक निमन्त्रणा दिएका छन्। यद्यपि युद्ध अन्त्यका लागि रुसले डोनबास क्षेत्रमाथिको आफ्नो दाबी कायम राखेको छ भने युक्रेनले उक्त माग अस्वीकार गर्दै आएको छ। शान्ति वार्ताको भविष्य यी विवादित मुद्दामा हुने सहमतिमा निर्भर रहने देखिएको छ।

 


Thali Mobile Pvt.Ltd.