भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण

नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण

काठमाडौं, २२ असार । नागढुङ्गा–मुग्लिङ सडक विस्तार आयोजनाअन्तर्गत नौबिसे–मलेखु सडकखण्डको निर्माण कार्यले पुनः गति लिएको छ। आयोजनाका अनुसार ४३ किलोमिटर लामो यस सडकखण्डको हालसम्म ६० प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ।

नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) का योजना प्रमुख केशव ओझाका अनुसार हालसम्म २५ किलोमिटर सडक कालोपत्रे र २ किलोमिटर ढलान सम्पन्न भइसकेको छ। यससँगै कुल २७ किलोमिटर सडक निर्माण सम्पन्न भएको उनले जानकारी दिए।

चालु आर्थिक वर्षमा ७५ प्रतिशत भौतिक प्रगति हासिल गर्ने लक्ष्य राखिए पनि अन्तर्राष्ट्रिय बजारमा बिटुमिनको अभाव र मध्यपूर्वमा उत्पन्न तनावका कारण निर्माण कार्य केही समय प्रभावित भएको थियो। अहिले बिटुमिन आपूर्ति सहज बनेसँगै निर्माण कार्यले पुनः गति लिएको आयोजना कार्यालयले जनाएको छ।

योजना प्रमुख ओझाका अनुसार पहिलो प्याकेजअन्तर्गत पर्ने नागढुङ्गा–नौबिसे सडकखण्डको भौतिक प्रगति ८८ प्रतिशत पुगेको छ। नौबिसे–मलेखु खण्डमा सम्पन्न २५ किलोमिटर कालोपत्रेमध्ये २.५ किलोमिटर दुई लेनमा र बाँकी २२.५ किलोमिटर पूर्ण चौडाइमा कालोपत्रे गरिएको छ।

निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर ज्ञानेन्द्र घिमिरेले मौसमले साथ दिए आगामी केही दिनभित्र थप ६ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेको बताए। उनका अनुसार बिटुमिन आपूर्ति सहज भएपछि नौबिसे–मलेखु खण्डमा मात्रै ३.३ किलोमिटर थप सडक कालोपत्रे गरिएको छ।

हाल निर्माण कम्पनीले दैनिक ४ सयदेखि ५ सय मिटरसम्म सडक कालोपत्रे गर्ने क्षमताका साथ काम गरिरहेको जनाएको छ। प्रतिकूल मौसमका बाबजुद चालु आर्थिक वर्षको अन्त्यसम्म ६५ प्रतिशत भौतिक प्रगति हासिल गर्ने संशोधित लक्ष्यसहित निर्माण कार्यलाई तीव्र बनाइएको आयोजनाले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.