भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

काठमाडौं तराई द्रुतमार्गको निर्माण तीव्रगतिमा : नेपाली सेना

काठमाडौं तराई द्रुतमार्गको निर्माण तीव्रगतिमा : नेपाली सेना

काठमाडौं तराई द्रुतमार्गको निर्माणको कार्यले तीव्रता पाएको छ ।
तोकिएकै समयमा निर्माण सम्पन्न गर्न तीव्रगतिमा काम भइरहेको निर्माणको व्यवस्थापकीय जिम्मेवारी पाएको नेपाली सेनाले जनाएको छ । दु्रतमार्ग ७२.५ किलोमिटर लम्बाइको हेने छ । यस मध्य ५५ किलोमिटर सडक निर्माण गरिने छ । २० किमिमा पुल र ६ किमिमा टनेल निर्माण गरिने जनाइएको छ ।
दु्रत मार्गको निर्माण पुल, सुरूङ र सडक गरी तीन भागमा विभाजन गरी काम भइरहेको छ । हालसम्म सडकको ८० प्रतिशत काम सकिएको नेपाली सेनाले जनाएको छ । सडक निर्माणको ५५ किलोमिटर मध्ये ३० किलोमिटर सडकको ट्र¥याक खोल्ने काम भइसकेको छ । बाँकी २५ किलोमिटर सडकको काम तीव्रगतिमा भइरहेको सेनाले जनाएको छ ।
२०७६ साल भित्र रोड वे कटिङ र फिलिङको काम सकिसक्ने र २०७७ सालमा पुल र सुरूङको कामलाई तीव्रता दिने योजनामा नेपाली सेना रहेको जनाइएको छ ।

१ सय २० मिटरसम्म पहाड काटेर सडक निर्माण भइरहेको छ । कडा ढुंगा भएका स्थानमा विस्फोट गरेर पनि सडक निर्माण कार्य दिनरात ननिनी भइरहेको छ । यसरी निर्माण कार्यले प्राथमिकता पाएमा तोकिएकै समयमा निर्माण कार्य सम्पन्न हुने सेनाको विश्वास रहेको छ ।
द्रुत मार्ग पहाडमा २५ र तराइमा २७ मिटर गरी एसियन हाइवे स्ट्याण्डर्डको सडक निर्माण हुने जनाइएको छ । यसै अन्तरगत सडकसँगै छेउका संरचना, रिटेनिङ वाल, पाइप कल्भर्ट र बक्स कल्भर्टलगायतका संरचनाहरू निर्माण तीव्र गतिमा भइरहेका छन् ।