भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

कुदाकाउलेमा पेस्तोल र विष्फोटक पदार्थ कस्ले छोड्यो ?

कुदाकाउलेमा पेस्तोल र विष्फोटक पदार्थ कस्ले छोड्यो ?

६ असार २०७७, शनिबार भोजपुर । षडानन्द नगरपालिका–२ कुदाकाउलेको ताबुमा पेस्तोलसहित विस्फोटक पदार्थ फेला परेको छ ।

इलाका प्रहरी कार्यालय दिङ्लाबाट गस्तीमा खटिएको प्रहरी टोलीले ताबुबाट एक थान कटुवा पेस्तोलसहित विष्फोटक पदार्थ बरामद गरेको जनाएको छ ।

बाँदर रुङने टहरोमा शङ्काले चेकजाँच गर्दा एक थान कटुवा पेस्तोल, एक थान सकेट बम र दुई थान डेटोनेटर बरामद गरेको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ । कस्ले राखेको हो भन्ने कुरा पत्ता नलागेको कार्यालयका प्रमुख प्रहरी निरीक्षक भास्कर खतिवडाले बताए ।