११ असार २०७७ काठमाडौं । स्याङ्जामा थप एक जना कोरोना संक्रमितको ज्यान गएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचारकै क्रममा मृत्यु भएको हो । उनीसंगै नेपालमा अहिले सम्म २५ जनाको मृत्यु भैसकेको छ ।
यस अघि पनि स्याङ्जाकै कोरोना पोजेटिभ एक पुरुषका मृत्यु भएको थियो । यसैबीच आज विहान मात्र गण्डकी प्रदेशका विभिन्न जिल्लामा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक डाक्टर बिनोद बिन्दु शर्माका अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५३ पुगेको छ ।