२४ जेष्ठ २०७७, शनिबार, बाजुरा । खप्तड छेडेदह गाउँपालिका–७ को क्वारेन्टाइनमा बसेका एक वृद्धको मृत्यु भएको छ ।
जेठ १५ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६५ वर्षीया वृद्धको मृत्यु भएको हो । मष्टा आधारभूत विद्यालय बुढाबाडाको क्वारेन्टाइनमा बसेका उनको मृत्यु भएको वडाध्यक्ष खगेन्द्र रावतले बताए ।
मृतकको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरी धनगढी प्रयोगशालामा पठाउने र शव व्यवस्थापन गरी परिवारलाई जिम्मा लगाइने प्रजिअ कृष्ण गैरेले जानकारी दिए ।